नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङको घोषणा : सरकारी सुविधा नलिने, तलब शहीद सहयोग कोषमा
जलसरोकार
काठमाडौं: नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहणसँगै ऐतिहासिक घोषणा गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै उनले आफू कुनै पनि सरकारी सुविधा नलिने र आफ्नो नाममा हुने तलब तथा भत्ता शहीदहरूको सहयोग कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् ।
मन्त्री घिसिङले सुरक्षाका लागि आवश्यक पर्ने सुरक्षाकर्मीबाहेक अन्य कुनै पनि सुविधा नलिने स्पष्ट पारे । उनले भने, “राजनीतिक जिम्मेवारी सेवाभावका साथ निर्वाह गर्न आएको हुँ, सुविधाका लागि होइन । त्यसैले तलबभत्ता समेत शहीदहरूको सहयोग कोषमा दिने निर्णय गरेको छु ।”
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता
पदभार ग्रहण भाषणमा मन्त्री घिसिङले भ्रष्टाचारविरुद्ध दृढ अडान व्यक्त गरे । उनले भने, “शून्य सहनशीलता अपनाइने छ । भ्रष्टाचार नियन्त्रण मात्र होइन, यसलाई निर्मूल गर्नुपर्छ । अनियमितता र भ्रष्टाचार गरेको भेटियो भने कारबाही हुन्छ । भ्रष्टाचार नियन्त्रण मेरो जीवन–मरणको विषय हो ।”
उनले पारदर्शितामा कुनै प्रश्न उठेमा आफूलाई सिधै सम्पर्क गर्न सबैलाई आग्रह गरे ।
सही मान्छे सही ठाउँमा
मन्त्री घिसिङले आफ्नो प्राथमिकतामा संस्थागत सुधार र कार्यक्षमता वृद्धिलाई राख्ने बताए । उनले भने, “सही मान्छे सही ठाउँमा राख्ने मेरो नीति हो । यसमा कुनै सम्झौता हुने छैन । दक्ष र ईमानदार जनशक्ति नै सुधारको आधार हो ।”
अपेक्षा र विश्वास
घिसिङले यसअघि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा लोडसेडिङ अन्त्य गरेर जनविश्वास जितेका थिए । त्यसैले उनको यो घोषणाले ऊर्जा क्षेत्रमा मात्र होइन, समग्र सरकारको कार्यशैलीमा पनि नयाँ संस्कार सुरु गर्ने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्