सुनको नयाँ रेकर्ड, आज कति पुग्यो मूल्य तोलामा ?
जलसरोकार
काठमाडौँ: नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सार्वजनिक गरेको मूल्यसूची अनुसार छापावाल सुन तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ पुगेको छ।
महासंघका अनुसार सोही सुन प्रति १० ग्रामकै मूल्य १ लाख ८५ हजार १५ रुपैयाँ कायम भएको छ।
यसअघि बिहीबार छापावाल सुनको मूल्य तोलामा २ लाख १४ हजार ७०० रुपैयाँमा सीमित रहेको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा २ हजार ५०५ रुपैयाँ रहेको चाँदी शुक्रबार बढेर तोलामा २ हजार ५६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य