नेप्से करिब १० अंकले उकालो, कारोबार रकम एक महिनाकै उच्च
जलसरोकार
काठमाडौं : मंगलबार सेयर बजारको परिसूचक नेप्से ९.९३ अंकले बढ्दै २६४९ अंकमा पुगेको छ। दिनभर बजारमा उतारचढाव देखिए पनि अन्त्यमा हरियो संकेतमा बन्द भएको हो ।
कारोबार सुरु भएदेखि नै सुधार देखिएको नेप्से ११ः५७ बजे २६६२ अंकसम्म पुगेको थियो। तर त्यसपछि भने बजार सो स्तर माथि टिक्न सकेन र सीमित दायराभित्रै घुमिरह्यो ।
कारोबार रकममा उल्लेख्य वृद्धि भएको छ । अघिल्लो दिन ६ अर्ब ४७ करोड रुपैयाँको कारोबार भएको बजारमा आज ७ अर्ब १२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो, जुन पछिल्लो एक महिनाकै उच्च हो। यस दिन १४८ कम्पनीको सेयर मूल्य बढ्यो, १०३ कम्पनीको घट्यो भने ८ कम्पनीको मूल्य स्थिर रह्यो ।
समूहगत रूपमा हेर्दा फाइनान्स समूह सबैभन्दा बढी २.८७ प्रतिशतले उकालो लाग्यो। अघिल्लो दिन अगाडि रहेको उत्पादन तथा प्रशोधन समूह भने आज ०.५१ प्रतिशतले घट्यो । होटल तथा पर्यटन समूह पनि ०.२३ प्रतिशतले ओरालो लाग्यो ।
अन्य समूहमा बैंकिङ ०.४३, विकास बैंक ०.७९, हाइड्रोपावर ०.१३, लगानी ०.३२, जीवन बीमा ०.०४, माइक्रोफाइनान्स ०.८४, निर्जीवन बीमा ०.१२, अन्य ०.७७ र व्यापार समूह ०.५४ प्रतिशतले बढेका छन् ।
व्यक्तिगत सेयरतर्फ जीवन विकास लघुवित्तको मूल्य १० प्रतिशतले उकालो लाग्यो । त्यसैगरी थ्रीस्टार हाइड्रोपावर, जानाकी फाइनान्स, गुडविल फाइनान्स र एसवाई प्यानलको मूल्य उल्लेख्य रूपमा बढ्यो ।
घट्नेमा भने रुरु जलविद्युत सबैभन्दा धेरै ८.४१ प्रतिशतले घट्यो। ट्रेड टावर, सान्भी इनर्जी, बन्दीपुर केबुलकार र श्रीनगर एग्रिटेक कम्पनीको सेयर मूल्य पनि उल्लेख्य रूपमा ओरालो लाग्यो ।
कारोबार रकमका आधारमा आज एसवाई प्यानल, बुटवल पावर, शिवम् सिमेन्ट, बन्दीपुर केबुलकार र मञ्जुश्री फाइनान्स सबैभन्दा धेरै कारोबार भएका कम्पनी बने।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?