नेप्से करिब १० अंकले उकालो, कारोबार रकम एक महिनाकै उच्च
जलसरोकार
काठमाडौं : मंगलबार सेयर बजारको परिसूचक नेप्से ९.९३ अंकले बढ्दै २६४९ अंकमा पुगेको छ। दिनभर बजारमा उतारचढाव देखिए पनि अन्त्यमा हरियो संकेतमा बन्द भएको हो ।
कारोबार सुरु भएदेखि नै सुधार देखिएको नेप्से ११ः५७ बजे २६६२ अंकसम्म पुगेको थियो। तर त्यसपछि भने बजार सो स्तर माथि टिक्न सकेन र सीमित दायराभित्रै घुमिरह्यो ।
कारोबार रकममा उल्लेख्य वृद्धि भएको छ । अघिल्लो दिन ६ अर्ब ४७ करोड रुपैयाँको कारोबार भएको बजारमा आज ७ अर्ब १२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो, जुन पछिल्लो एक महिनाकै उच्च हो। यस दिन १४८ कम्पनीको सेयर मूल्य बढ्यो, १०३ कम्पनीको घट्यो भने ८ कम्पनीको मूल्य स्थिर रह्यो ।
समूहगत रूपमा हेर्दा फाइनान्स समूह सबैभन्दा बढी २.८७ प्रतिशतले उकालो लाग्यो। अघिल्लो दिन अगाडि रहेको उत्पादन तथा प्रशोधन समूह भने आज ०.५१ प्रतिशतले घट्यो । होटल तथा पर्यटन समूह पनि ०.२३ प्रतिशतले ओरालो लाग्यो ।
अन्य समूहमा बैंकिङ ०.४३, विकास बैंक ०.७९, हाइड्रोपावर ०.१३, लगानी ०.३२, जीवन बीमा ०.०४, माइक्रोफाइनान्स ०.८४, निर्जीवन बीमा ०.१२, अन्य ०.७७ र व्यापार समूह ०.५४ प्रतिशतले बढेका छन् ।
व्यक्तिगत सेयरतर्फ जीवन विकास लघुवित्तको मूल्य १० प्रतिशतले उकालो लाग्यो । त्यसैगरी थ्रीस्टार हाइड्रोपावर, जानाकी फाइनान्स, गुडविल फाइनान्स र एसवाई प्यानलको मूल्य उल्लेख्य रूपमा बढ्यो ।
घट्नेमा भने रुरु जलविद्युत सबैभन्दा धेरै ८.४१ प्रतिशतले घट्यो। ट्रेड टावर, सान्भी इनर्जी, बन्दीपुर केबुलकार र श्रीनगर एग्रिटेक कम्पनीको सेयर मूल्य पनि उल्लेख्य रूपमा ओरालो लाग्यो ।
कारोबार रकमका आधारमा आज एसवाई प्यानल, बुटवल पावर, शिवम् सिमेन्ट, बन्दीपुर केबुलकार र मञ्जुश्री फाइनान्स सबैभन्दा धेरै कारोबार भएका कम्पनी बने।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
महासंघका अध्यक्ष ढकाल र यूएई वित्त मन्त्रालयका सचिवबीच भेटवार्ता
-
नेपाल–यूएई आर्थिक सहकार्य विस्तारबारे महासंघ अध्यक्ष ढकाल र यूएई अर्थ मन्त्रालयका अन्डर–सेक्रेटरीबीच भेटवार्ता
-
ग्लोबल आइएमई बैंकले १५ वर्ष सेवा दिँदै आएका १७५ कर्मचारी सम्मानित
-
चाँदीको मूल्य ऐतिहासिक उचाइमा, सुनको भाउ भने घट्यो
-
ओखरपौवा–तिनपिप्ले २२० केभी प्रसारण लाइनको प्रारम्भिक पर्यावरणीय परीक्षणबारे सार्वजनिक सुनुवाइ
-
पोखरामा विद्युत् तार भूमिगतको काम ६५ प्रतिशत सकियो