मंगलबार नेप्से १५.७० अंकले उकालो, सबै समूहगत सूचक हरियो
जलसरोकार
काठमाडौं: मंगलबार सेयर बजार उकालो लागेसँगै नेप्से परिसूचक १५.७० अंकले बढेर २,५६६ विन्दुमा पुगेको छ । अघिल्लो दिनको ३ अर्ब ९४ करोड रुपैयाँको तुलनामा आज कारोबार रकम बढेर ४ अर्ब १० करोड पुगेको छ ।
आज २०७ कम्पनीको मूल्य बढ्दा ४४ कम्पनीको घट्यो भने ५ कम्पनीको मूल्य स्थिर रह्यो । सबै समूहगत सूचकहरूमा वृद्धि देखिएको छ ।
बैंकिङ ०.३१, विकास बैंक १.२५, फाइनान्स ०.८९, होटल तथा पर्यटन १.२८, जलविद्युत् ०.९३, लगानी १.०३, जीवन बीमा ०.४६, उत्पादन तथा प्रशोधन ०.२०, माइक्रोफाइनान्स ०.४७, निर्जीवन बीमा ०.८४, अन्य ०.५३ र व्यापार समूह ०.०९ प्रतिशतले बढेका हुन्।
यसदिन पाँच कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । सागर डिस्टिलरी, माबिलुङ इनर्जी, बुंगल हाइड्रोपावर, झापा इनर्जी र बन्दीपुर केबुलकार १० प्रतिशतले उक्लिएका कम्पनी हुन्। यी सबै हालै सूचीकृत भएका नयाँ कम्पनीहरू हुन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य