मंगलबार नेप्से १५.७० अंकले उकालो, सबै समूहगत सूचक हरियो
जलसरोकार
काठमाडौं: मंगलबार सेयर बजार उकालो लागेसँगै नेप्से परिसूचक १५.७० अंकले बढेर २,५६६ विन्दुमा पुगेको छ । अघिल्लो दिनको ३ अर्ब ९४ करोड रुपैयाँको तुलनामा आज कारोबार रकम बढेर ४ अर्ब १० करोड पुगेको छ ।
आज २०७ कम्पनीको मूल्य बढ्दा ४४ कम्पनीको घट्यो भने ५ कम्पनीको मूल्य स्थिर रह्यो । सबै समूहगत सूचकहरूमा वृद्धि देखिएको छ ।
बैंकिङ ०.३१, विकास बैंक १.२५, फाइनान्स ०.८९, होटल तथा पर्यटन १.२८, जलविद्युत् ०.९३, लगानी १.०३, जीवन बीमा ०.४६, उत्पादन तथा प्रशोधन ०.२०, माइक्रोफाइनान्स ०.४७, निर्जीवन बीमा ०.८४, अन्य ०.५३ र व्यापार समूह ०.०९ प्रतिशतले बढेका हुन्।
यसदिन पाँच कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । सागर डिस्टिलरी, माबिलुङ इनर्जी, बुंगल हाइड्रोपावर, झापा इनर्जी र बन्दीपुर केबुलकार १० प्रतिशतले उक्लिएका कम्पनी हुन्। यी सबै हालै सूचीकृत भएका नयाँ कम्पनीहरू हुन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा
-
तराईका केही स्थानमा कुहिरो, पहाडी–हिमाली क्षेत्रमा आंशिक बदली
-
सुनचाँदीको मूल्य बढेर ऐतिहासिक उच्च बिन्दुमा पुग्दै
-
माघका लागि वाणिज्य बैंकहरूको ब्याजदर घट्यो