नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, ११ महिनायताकै उच्च कारोबार
जलसरोकार
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट आएको छ। परिसूचक १८.४४ अङ्कले घटेर २,९६४.२० बिन्दुमा झरेको छ। यद्यपि, कारोबार रकम भने पछिल्लो ११ महिनाकै उच्च विन्दुमा पुगेको छ।
आज ३२३ कम्पनीका ५ करोड ८६ लाख ५३ हजार ७६२ कित्ता शेयर दुई लाख तीन हजार ६५८ पटक किनबेच हुँदा कुल रु २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार २३७ बराबरको कारोबार भएको छ ।
समूहगत उपसूचकमा विकास बैंक (१.२३%), उत्पादन तथा प्रशोधन (१.०८%), म्युचुअल फण्ड (०.३९%) र व्यापार समूह (१.४४%) ले वृद्धि देखाए पनि बाँकी सबै समूहमा गिरावट आएको छ। बैंकिङ ०.७१%, वित्त १.९९%, होटल तथा पर्यटन १.७९%, जलविद्युत् १.०९%, लगानी १.६६%, जीवन बीमा १.३५%, निर्जीवन बीमा ०.६७% र अन्य समूह ०.८६% ले घटेका छन् ।
आजको कारोबारमा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड र ट्रेड टावर लिमिटेडका शेयरमा सकारात्मक सर्किट लागेको छ। नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा सबैभन्दा धेरै ६.३४ प्रतिशतले गिरावट आएको छ ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट लिमिटेड अग्रस्थानमा रह्यो, जसको कारोबार रु १ अर्ब २ करोड ३५ लाख ९२३ पुगेको छ। शेयर सङ्ख्याका आधारमा लक्ष्मी सनराइज बैंक प्रमोटरको २१ लाख २० हजार ९१२ कित्ता शेयर किनबेच भएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य