नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, ११ महिनायताकै उच्च कारोबार
जलसरोकार
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट आएको छ। परिसूचक १८.४४ अङ्कले घटेर २,९६४.२० बिन्दुमा झरेको छ। यद्यपि, कारोबार रकम भने पछिल्लो ११ महिनाकै उच्च विन्दुमा पुगेको छ।
आज ३२३ कम्पनीका ५ करोड ८६ लाख ५३ हजार ७६२ कित्ता शेयर दुई लाख तीन हजार ६५८ पटक किनबेच हुँदा कुल रु २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार २३७ बराबरको कारोबार भएको छ ।
समूहगत उपसूचकमा विकास बैंक (१.२३%), उत्पादन तथा प्रशोधन (१.०८%), म्युचुअल फण्ड (०.३९%) र व्यापार समूह (१.४४%) ले वृद्धि देखाए पनि बाँकी सबै समूहमा गिरावट आएको छ। बैंकिङ ०.७१%, वित्त १.९९%, होटल तथा पर्यटन १.७९%, जलविद्युत् १.०९%, लगानी १.६६%, जीवन बीमा १.३५%, निर्जीवन बीमा ०.६७% र अन्य समूह ०.८६% ले घटेका छन् ।
आजको कारोबारमा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड र ट्रेड टावर लिमिटेडका शेयरमा सकारात्मक सर्किट लागेको छ। नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा सबैभन्दा धेरै ६.३४ प्रतिशतले गिरावट आएको छ ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट लिमिटेड अग्रस्थानमा रह्यो, जसको कारोबार रु १ अर्ब २ करोड ३५ लाख ९२३ पुगेको छ। शेयर सङ्ख्याका आधारमा लक्ष्मी सनराइज बैंक प्रमोटरको २१ लाख २० हजार ९१२ कित्ता शेयर किनबेच भएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
७५ करोड बक्यौताधारी गोल्यानको उद्योग रिलायन्सले पाएन अन्तरिम आदेश
-
नेपालमा जलविद्युत र सौर्य ऊर्जामा लगानी गर्नुहोस्, हरित भविष्यको हिस्सा बन्नुहोस् : मन्त्री घिसिङ
-
मनाङ र मुस्ताङमा भारी वर्षा
-
सेयर बजार ६२.२९ अंकले बढ्यो, रातो देखिएको १० मिनेटपछि हरियो
-
सगरमाथा क्षेत्रमा बाक्लो हिमपात
-
सडक डिभिजन काठमाडौंले ४८ ठेक्का तोड्ने प्रक्रिया अघि बढायो