नेप्से परिसूचक बढेर २७०८.७० विन्दुमा बन्द, कारोबार रकम ११ अर्ब नाघ्यो
जलसरोकार
काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २७.१९ अंकले बढेर २७०८.७० विन्दुमा बन्द भएको छ। पछिल्ला दुई दिन घट्दो क्रममा रहेको बजार यस दिन बढेर बन्द भएको हो ।
यस दिन सेन्सेटिभ इण्डेक्स ४.४७ अंक, फ्लोट इण्डेक्स २.०६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७५ अंक बढेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । बुधबार ७ अर्ब ४९ करोड रुपैयाँबराबरको शेयर कारोबार भए पनि बिहीबार ३२६ स्टकमा १ लाख ८ हजार ८१७ पटकको कारोबारमा ११ अर्ब ५८ करोड २८ लाख ९३ हजार रुपैयाँबराबर ३ करोड ५५ लाख ७४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
यस दिन कालिञ्चोक दर्शन, सुपर माई हाइड्रोपावर र मोदी इनर्जीका शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। त्यस्तै, रिडी पावर कम्पनी र खानीखोला हाइड्रोपावरको शेयर मूल्य करिब १० प्रतिशत बढेको छ भने घलेम्दी हाइड्रोको शेयर मूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ।
उता सुपर मादी हाइड्रोपावरको शेयर मूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ, जसको ५८ करोड ७७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, राधी विद्युत कम्पनीको ५७ करोडभन्दा बढी, र एसवाई प्यानल नेपालको साढे ५३ करोड रुपैयाँभन्दा बढी शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य र निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.९८ प्रतिशत बढेको छ। साथै जलविद्युत, लगानी र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक भने सामान्य घटेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य