नेप्से परिसूचक घट्दै २५६० मा, कारोबार रकम पनि घट्यो
जलसरोकार
काठमाडौँ: साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा नेप्से परिसूचकसहित कारोबार रकम पनि घटेको छ । अघिल्लो दिनको तुलनामा सोमबार नेप्से परिसूचक ५.८० अंकले घटेर २५६० विन्दुमा कायम भएको हो ।
कारोबारको सुरुवातीमा बजारमा सुधारको संकेत देखिए पनि दिउँसोपछि गिरावट आएको हो । बिहान ११ः३७ बजे नेप्से अधिकतम २५७६ विन्दुमा पुगेको थियो भने दिउँसो २ः३१ बजे न्यूनतम २५४४ विन्दुसम्म झरेको थियो । साढे १ बजेपछि मात्रै बजार केही सुधारिएको देखियो । अघिल्लो दिन नेप्से ३० अंकले घटेको थियो ।
सोमबार ९१ कम्पनीको शेयर मूल्य बढ्दा १५१ कम्पनीको घटेको र ११ कम्पनीको मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ ।
क्षेत्रगत सूचकहरू मध्ये होटल तथा पर्यटन समूह १.६४ प्रतिशतले, व्यापार समूह ०.५५ प्रतिशतले र लगानी समूह ०.१० प्रतिशतले बढेका छन् । यीबाहेकका सबै उपसमूहका सूचकमा गिरावट आएको छ ।
सोमबार कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ । आइतबार ४ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ४ अर्ब ५१ करोड रुपैयाँमा सीमित भएको हो ।
बैंकिङ समूह ०.६० प्रतिशत, विकास बैंक ०.६३ प्रतिशत, फाइनान्स ०.७५ प्रतिशत, जलविद्युत ०.१० प्रतिशत, जीवन बीमा ०.२६ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.३० प्रतिशत, लघुवित्त ०.०८ प्रतिशत, निर्जीवन बीमा ०.४१ प्रतिशत र अन्य समूह ०.२९ प्रतिशतले घटेका छन् ।
यस दिन पाँच कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । तीमध्ये दरामखोला हाइड्रो इनर्जी, सागर डिस्टिलरी, माबिलुङ इनर्जी र सिटी होटल सामेल छन् । सिटी होटलबाहेक अन्य सबै नयाँ सूचीकृत कम्पनी हुन् ।
त्यस्तै, उन्नति सहकार्य लघुवित्तको शेयर मूल्य १० प्रतिशतले घटेको छ भने रुरु जलविद्युत् ८.४५ प्रतिशत, धौलागिरी लघुवित्त ५.६६ प्रतिशत र उपकार लघुवित्त ५.६३ प्रतिशतले घटेका छन् ।
आज सबैभन्दा धेरै कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, युनियन हाइड्रोपावर, सिद्धार्थ बैंक डिबेन्चर २०८९, राधि विद्युत् र शिवम् सिमेन्ट रहेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?