सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

नेप्से ६.७४ अंकले घटेर २६०१ विन्दुमा, कारोबार रकम घट्यो

जलसरोकार
सोमबार, मंसिर २९, २०८२ | १५:५६:११ बजे

 

काठमाडौं: सोमबार सेयर बजार परिसूचक नेप्से ६.७४ अंकले घट्दै २६०१ विन्दुमा झरेको छ । कारोबारको क्रममा नेप्से २५८७ विन्दुसम्म झरे पनि त्यसपछि केही सुधार हुँदै बन्द हुँदा २६०१ विन्दुमा कायम भएको हो ।

बजारमा उतारचढाव देखिए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । यस दिन तीन अर्ब ४४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार चार अर्ब रुपैयाँको कारोबार भएको थियो ।

कारोबारमा आएका सबै समूहका सूचक एक प्रतिशतभन्दा कम मात्रामा घटबढ भएका छन् । सोमबार कारोबारमा आएका ३२९ कम्पनीमध्ये १८५ कम्पनीको सेयर मूल्य बढेको छ भने २२५ कम्पनीको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्य स्थिर रहेको छ ।

यस दिन स्वस्तिक लघुवित्त र एसवाइ प्यानलको सेयर मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट ब्रेक लागेको छ । स्वस्तिक लघुवित्तको सेयर प्रतिकित्ता दुई हजार २७ रुपैयाँ र एसवाइ प्यानलको ६६७ रुपैयाँमा कारोबार भएको छ ।

उता, हिमस्टार ऊर्जाको सेयर मूल्य सबैभन्दा धेरै ६.९५ प्रतिशतले घटेको छ । कम्पनीको सेयर प्रतिकित्ता ८७० रुपैयाँमा कारोबार भएको छ ।

कारोबार रकमका आधारमा ङादी ग्रुप पावर अग्रस्थानमा रहँदै १४ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : सोमबार, मंसिर २९, २०८२ | १५:५६:११ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया