नेप्से ६.७४ अंकले घटेर २६०१ विन्दुमा, कारोबार रकम घट्यो
जलसरोकार
काठमाडौं: सोमबार सेयर बजार परिसूचक नेप्से ६.७४ अंकले घट्दै २६०१ विन्दुमा झरेको छ । कारोबारको क्रममा नेप्से २५८७ विन्दुसम्म झरे पनि त्यसपछि केही सुधार हुँदै बन्द हुँदा २६०१ विन्दुमा कायम भएको हो ।
बजारमा उतारचढाव देखिए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । यस दिन तीन अर्ब ४४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार चार अर्ब रुपैयाँको कारोबार भएको थियो ।
कारोबारमा आएका सबै समूहका सूचक एक प्रतिशतभन्दा कम मात्रामा घटबढ भएका छन् । सोमबार कारोबारमा आएका ३२९ कम्पनीमध्ये १८५ कम्पनीको सेयर मूल्य बढेको छ भने २२५ कम्पनीको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्य स्थिर रहेको छ ।
यस दिन स्वस्तिक लघुवित्त र एसवाइ प्यानलको सेयर मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट ब्रेक लागेको छ । स्वस्तिक लघुवित्तको सेयर प्रतिकित्ता दुई हजार २७ रुपैयाँ र एसवाइ प्यानलको ६६७ रुपैयाँमा कारोबार भएको छ ।
उता, हिमस्टार ऊर्जाको सेयर मूल्य सबैभन्दा धेरै ६.९५ प्रतिशतले घटेको छ । कम्पनीको सेयर प्रतिकित्ता ८७० रुपैयाँमा कारोबार भएको छ ।
कारोबार रकमका आधारमा ङादी ग्रुप पावर अग्रस्थानमा रहँदै १४ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीपछि खोज र उद्धारलाई उच्च प्राथमिकता दिएका छौँ : मन्त्री श्रेष्ठ
-
माथिल्लो त्रिशूली–३ ‘बी’मा उद्धार प्रयास अघि बढ्यो, सीईओसहित ३ कर्मचारी र १६ सैनिक घटनास्थलमा
-
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार