सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै

जलसरोकार
सोमबार, भदौ १५, २०८३ | १५:४०:४८ बजे

 

काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ४३.८९ अंकले घटेर २ हजार ५१३.४२ विन्दुमा झरेको छ । यससँगै नेप्सेको लगातार पाँच कारोबार दिनदेखिको गिरावटले निरन्तरता पाएको छ ।

सोमबार सेन्सेटिभ इन्डेक्स ६.६८ अंक, फ्लोट इन्डेक्स ३.०२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.४१ अंकले घटेको छ ।

नेप्सेसँगै कारोबार रकममा समेत कमी आएको छ । अघिल्लो कारोबार दिन बिहीबार ३ अर्ब ७८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा सोमबार ३४७ स्टकको ६८ हजार १३७ पटकको कारोबारमा ३ अर्ब ६४ करोड ८६ लाख ९ हजार रुपैयाँ बराबरको ९३ लाख २२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

उपकार लघुवित्तको शेयरमूल्य सर्वाधिक बढ्यो

सोमबार उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १३.१६ प्रतिशतले बढेको छ । त्यस्तै, घोराही सिमेन्ट इन्डस्ट्रीको शेयरमूल्य साढे ७ प्रतिशत तथा ७ प्रतिशत एनआईसी एसिया डिबेञ्चर २०९१ को मूल्य ६ प्रतिशतले बढेको छ ।

कारोबारमा आएको मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कम्पनीको शेयरमूल्य ४८ रुपैयाँ ७० पैसा घटेर २७६ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको हो । रसुवागढी हाइड्रोपावर कम्पनीको शेयरमूल्य पनि साढे ११ प्रतिशतभन्दा बढीले घटेको छ ।

शिवम् सिमेन्ट्सको सर्वाधिक कारोबार

कारोबार रकमका आधारमा सोमबार शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । कम्पनीको २६ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

त्यस्तै, सर्वोत्तम पेन्ट्सको करिब १६ करोड रुपैयाँ तथा रिलायन्स स्पिनिङ मिल्सको १२ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

१२ उपसमूह घटे

सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक मात्रै बढेको छ । बाँकी १२ उपसमूहको परिसूचक घटेको छ ।

निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ५.०३ प्रतिशतले घटेको छ । त्यस्तै, अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी तथा होटल तथा पर्यटन र जलविद्युत् उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घटेको छ ।

प्रकाशित मिति : सोमबार, भदौ १५, २०८३ | १५:४०:४८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया