साताको पहिलो दिन नेप्से २७.५९ अंकले घट्यो, सबै उपसमूह ओरालो
जलसरोकार
काठमाडौं : साताको पहिलो कारोबार दिन शेयर बजारमा गिरावट देखिएको छ । अघिल्लो साता खुलेका दुवै कारोबार दिन घटेको बजारले आइतबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।
आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.५९ अंकले घटेर २६१४.५५ विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स ३.२७ अंक, फ्लोट इण्डेक्स १.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१६ अंकले घटेका छन् ।
कारोबार रकम पनि घटेको छ । गत मंगलबार ८ अर्ब ३६ करोड रुपैयाँको शेयर किनबेच भएको बजारमा आइतबार ३२४ स्टकको ७२ हजार १०४ पटकको कारोबारमा ६ अर्ब ६९ करोड ९७ लाख २१ हजार रुपैयाँबराबरको १ करोड ५९ लाख ८९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
यस दिन सालपा विकास बैंक को शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। बैंकको शेयर मूल्य ३६ रुपैयाँ ३० पैसा बढेर ३९९ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भयो।
त्यस्तै, रिलायन्स स्पिनिङ्ग मिल्स को शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ।
कारोबारमा आएको बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी को शेयर मूल्य सर्वाधिक ८.९२ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ६३ करोड ४२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।
त्यस्तै, रिडी पावर डेभलपमेन्ट को साढे ३७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने एसवाई प्यानल नेपाल को कारोबार रकम साढे ३१ करोड रुपैयाँ नाघेको छ ।
यस दिन १३ वटै उपसमूहका परिसूचक घटेका छन्। व्यापार उपसमूह सर्वाधिक ३.५९ प्रतिशतले घटेको छ। विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत र उत्पादन तथा प्रशोधन उपसमूहका परिसूचक १ प्रतिशतभन्दा बढीले ओरालो लागेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बा : त्रिशूली–३ ए जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीपछि खोज र उद्धारलाई उच्च प्राथमिकता दिएका छौँ : मन्त्री श्रेष्ठ
-
माथिल्लो त्रिशूली–३ ‘बी’मा उद्धार प्रयास अघि बढ्यो, सीईओसहित ३ कर्मचारी र १६ सैनिक घटनास्थलमा
-
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार