नेप्से २०.५६ अंकले घट्यो, बजार २५४४ अंकमा झर्यो
जलसरोकार
काठमाडौँ,: बुधबार सेयर बजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २०.५६ अंकले घट्दै २५४४ अंकमा झरेको छ ।
कारोबार सुरु भएदेखि अन्त्यसम्म बजार घट्ने क्रममा रह्यो । सूचक घटेपनि कारोबार रकम अघिल्लो दिनको तुलनामा केही बढेको छ । मंगलबार ३ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएकोमा आज कारोबार रकम ३ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ ।
आज ४९ कम्पनीको मूल्य बढ्दा १९८ कम्पनीको घटेको र ७ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ । उत्पादन बाहेकका सबै समूहका सूचक घटेका छन् । उत्पादन समूह ०.२३ प्रतिशतले बढेको छ भने व्यापार समूह सबैभन्दा धेरै २.३५ प्रतिशतले घटेको छ ।
त्यस्तै बैंकिङ समूह ०.६७ प्रतिशत, विकास बैंक ०.३०, फाइनान्स ०.७९, होटल तथा पर्यटन ०.१८, हाइड्रोपावर ०.७०, लगानी ०.९९, जीवन बीमा ०.९९, माइक्रोफाइनान्स ०.६९, निर्जीवन बीमा ०.५४ र अन्य समूह १.३३ प्रतिशतले घटेका छन् ।
बजारमा चार कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । ती कम्पनीहरू भूगोल इनर्जी, सागर डिस्टिलरी, बुंगल हाइड्रोपावर र बन्दीपुर केबुलकार हुन् । भूगोल इनर्जीबाहेक बाँकी तीन कम्पनी हालै सूचीकृत भएका हुन् ।
त्यस्तै अपर सोलु हाइड्रो इलेक्ट्रिकको मूल्य ५.३१ प्रतिशतले र नेपाल माइक्रोइन्स्योरेन्सको मूल्य ३.७५ प्रतिशतले बढेको छ ।
उता दरामखोला हाइड्रो इनर्जीको मूल्य सबैभन्दा धेरै ८.७२ प्रतिशतले घटेको छ । माबिलुङ इनर्जीको ८.२१ र मेरो माइक्रोफाइनान्सको ४.५७ प्रतिशतले मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै कारोबार भएका पाँच कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, राधि विद्युत्, साहस ऊर्जा, युनियन हाइड्रोपावर र शिवम् सिमेन्ट रहेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?