नेप्से १५.६४ अंकले घट्यो, कारोबार रकम रु चार अर्ब ७२ करोडमा सीमित
जलसरोकार
काठमाडौं: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १५.६४ अंकले घटेर २,७२६.३३ विन्दुमा पुगेको छ ।
नेप्सेमा आज ३२६ कम्पनीका एक करोड १३ लाख ४५ हजार ९९४ कित्ता शेयर ६८ हजार ५९४ पटक किनबेच हुँदा कारोबार रकम रु चार अर्ब ७२ करोड ८० लाख ५२ हजार ८६० मा सीमित भएको छ ।
आजको कारोबारमा म्युचुअल फण्ड ०.२२ प्रतिशत र व्यापार समूह ०.०७ प्रतिशतले बढेका छन् भने बाँकी सबै समूहका उपसूचक घटेका छन् । बैंकिङ ०.५५, विकास बैंक ०.८५, वित्त ०.७६, होटल तथा पर्यटन ०.९३, जलविद्युत् ०.९३, लगानी ०.५४, जीवन बिमा ०.५६, उत्पादन तथा प्रशोधन ०.४०, लघुवित्त ०.६९, निर्जीवन बिमा ०.३९ र अन्य समूह ०.२७ प्रतिशतले घटेका छन् ।
शेयर मूल्यमा आज हिमस्टार ऊर्जा कम्पनी लिमिटेडमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै लिबर्टी इनर्जी कम्पनी लिमिटेडको शेयर ६.९९ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर लिमिटेड पहिलो स्थानमा रह्यो, जसको रु ३३ करोड ८० लाखभन्दा बढीको शेयर कारोबार भयो ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने लिबर्टी इनर्जी कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो, जसका १२ लाख ११ हजारभन्दा बढी कित्ता शेयर खरिद–बिक्री भए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य