नेप्से ११.५२ अङ्कले ओरालो, १७३ कम्पनीको शेयर मूल्य घट्यो
जलसरोकार
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ११ दशमलव ५२ अङ्कले घटेर दुई हजार ७०८ दशमलव २५ विन्दुमा पुगेको छ । यससँगै परिसूचक शून्य दशमलव ४२ प्रतिशतले ओरालो लागेको नेप्सेले जनाएको छ ।
आज ३३४ कम्पनीका एक करोड ११ लाख २४ हजार ८४५ कित्ता शेयर ५८ हजार ८७ पटक किनबेच हुँदा कुल कारोबार रकम रु ४ अर्ब ४० करोड २७ लाख ६७ हजार २७१ दशमलव ७२ पुगेको छ ।
आजको कारोबारमा १७३ कम्पनीको शेयर मूल्य घट्दा ७९ कम्पनीको मात्र बढेको छ भने बाँकी स्थिर रहेका छन् ।
उल्लेखनीय गिरावट भोग्ने कम्पनीहरूमध्ये हिम स्टार ऊर्जा कम्पनी लिमिटेडको शेयर मूल्य ९.९७ प्रतिशतले घट्यो । त्यसैगरी एनआइबिएल समृद्धि फण्ड–२को ५.८३ प्रतिशत, युनिभर्सल पावर कम्पनीको ५.१२ प्रतिशतले ओरालो लागेको छ । यस्तै पञ्चकन्या माइ हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ४.६२ प्रतिशत र विकास हाइड्रोपावर कम्पनी लिमिटेडको ३.९२ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य