कारोबार रकमसँगै नेप्सेमा गिरावट, अधिकांश उपसमूह ओरालो
जलसरोकार
काठमाडौँ : साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार सामान्य वृद्धि देखिएको बजार यस दिन भने ओरालो लागेको हो ।
सोमबार नेप्से परिसूचक ८.१६ अंकले घटेर २६६२.९१ विन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स १.०६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंकले गिरावट आएको छ ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गत बिहीबार ११ अर्ब १० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको बजारमा सोमबार ३३५ स्टकको ८० हजार ५५९ पटकको कारोबारमा ७ अर्ब ९४ करोड २७ लाख ६० हजार रुपैयाँ बराबरको १ करोड ९६ लाख १६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
यस दिन तीन वटा स्टक सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी, रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकको शेयर सकारात्मक सर्किटमा कारोबार भएको हो । रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंक गत बिहीबार मात्र नेप्सेमा सूचीकृत भई सोमबारदेखि दोस्रो बजारमा कारोबार सुरु गरेका कम्पनी हुन्। त्यस्तै, अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ ।
यता, खानी खोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.३८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ६५ करोड ३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आँखु खोला जलविद्युत् कम्पनीको करिब ५२ करोड रुपैयाँ बराबरको शेयर किनबेच हुँदा ङादी ग्रुप पावरको कारोबार रकम ४८ करोड रुपैयाँ नाघेको छ ।
१३ उपसमूहमध्ये सोमबार तीन उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । वित्त, होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूह सामान्य बढेका छन्। जलविद्युत उपसमूहको परिसूचक भने सर्वाधिक १.०२ प्रतिशतले घटेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य