एमसीसीको सडक सुधार परियोजनाको ठेक्का नेपाली कम्पनीलाई
जलसरोकार
काठमाडौं : मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को अनुदानमा निर्माण हुने सडक सुधार परियोजनाको ठेक्का पूर्ण रूपमा नेपाली कम्पनीले पाएको छ ।
एमसीसी अनुदानमा निर्माण हुने ४० किलोमिटर लामो धानखोला–लमही सडक रिसाइक्लिङ परियोजनाको ठेक्का ग्लोबल टेन्डरमार्फत शर्मा–कुमार जेभीले हात पारेको हो । यो ठेक्का नेपालमै पहिलोपटक प्रयोग हुन लागेको फुल डेप्थ रिक्लेमेसन एन्ड सुपरपेव अस्फाल्ट प्रविधिमा आधारित छ ।
एमसीए–नेपालका अनुसार उक्त परियोजनाको ठेक्का सोमबार हस्ताक्षर हुँदैछ । सन् २०२४ को अक्टोबरमा बोलपत्र आह्वान गरिएको उक्त परियोजनामा ११ कम्पनी सहभागी भएकामा प्राविधिक र वित्तीय मूल्यांकनपछि शर्मा–कुमार जेभी छनोट भएको हो ।
शर्मा कन्स्ट्रक्सन र कुमार निर्माण सेवा प्रालिको संयुक्त उपक्रम शर्मा–कुमार जेभीले भ्याटबाहेक दुई करोड आठ लाख अमेरिकी डलर (करिब तीन अर्ब रुपैयाँ)मा ठेक्का पाएको हो । एमसीसी परियोजनाअन्तर्गत पूर्ण रूपमा नेपाली कम्पनीले ठेक्का पाएको यो पहिलो परियोजना हो ।
एमसीसीको ५५ करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९ करोड ७० लाख डलर योगदानमा नेपालमा प्रसारण लाइन, सबस्टेसन तथा सडक पूर्वाधार निर्माणको काम भइरहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै