सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

एमसीसीको सडक सुधार परियोजनाको ठेक्का नेपाली कम्पनीलाई

जलसरोकार
सोमबार, पुस ०७, २०८२ | १०:३४:५७ बजे

 

काठमाडौं : मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को अनुदानमा निर्माण हुने सडक सुधार परियोजनाको ठेक्का पूर्ण रूपमा नेपाली कम्पनीले पाएको छ ।

एमसीसी अनुदानमा निर्माण हुने ४० किलोमिटर लामो धानखोला–लमही सडक रिसाइक्लिङ परियोजनाको ठेक्का ग्लोबल टेन्डरमार्फत शर्मा–कुमार जेभीले हात पारेको हो । यो ठेक्का नेपालमै पहिलोपटक प्रयोग हुन लागेको फुल डेप्थ रिक्लेमेसन एन्ड सुपरपेव अस्फाल्ट प्रविधिमा आधारित छ ।

एमसीए–नेपालका अनुसार उक्त परियोजनाको ठेक्का सोमबार हस्ताक्षर हुँदैछ । सन् २०२४ को अक्टोबरमा बोलपत्र आह्वान गरिएको उक्त परियोजनामा ११ कम्पनी सहभागी भएकामा प्राविधिक र वित्तीय मूल्यांकनपछि शर्मा–कुमार जेभी छनोट भएको हो ।

शर्मा कन्स्ट्रक्सन र कुमार निर्माण सेवा प्रालिको संयुक्त उपक्रम शर्मा–कुमार जेभीले भ्याटबाहेक दुई करोड आठ लाख अमेरिकी डलर (करिब तीन अर्ब रुपैयाँ)मा ठेक्का पाएको हो । एमसीसी परियोजनाअन्तर्गत पूर्ण रूपमा नेपाली कम्पनीले ठेक्का पाएको यो पहिलो परियोजना हो ।

एमसीसीको ५५ करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९ करोड ७० लाख डलर योगदानमा नेपालमा प्रसारण लाइन, सबस्टेसन तथा सडक पूर्वाधार निर्माणको काम भइरहेको छ ।

प्रकाशित मिति : सोमबार, पुस ०७, २०८२ | १०:३४:५७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया