सीमित कर्मचारीमार्फत अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन
जलसरोकार
काठमाडौँ: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सीमित कर्मचारीमार्फत अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको छ ।
राष्ट्र बैंकले आज सार्वजनिक गरेको सूचनामा भदौ २५ गते नेपाली सेनाले जारी गरेको निषेधाज्ञालाई मध्यनजर गर्दै सम्पूर्ण इजाजतप्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी सेवा प्रदायक संस्थालाई व्यवसायिक निरन्तरता दिन निर्देशन दिएको हो ।
सूचनामा भनिएको छ, “बैंक तथा वित्तीय संस्थाले आफ्ना संवेदनशील प्रणाली सीमित कर्मचारीमार्फत सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सञ्चालन गर्नुपर्नेछ । अन्य प्रणालीमा भने जोखिमको आधारमा रिमोट एसिसमार्फत सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।”
त्यस्तै, आवश्यक सेवा सञ्चालनमा रहेका शाखा, एटीएम र उपलब्ध सेवासम्बन्धी जानकारी आफ्नो वेबसाइट र सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई समयमै जानकारी गराउन पनि सबै संस्थालाई आग्रह गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य