सीमित कर्मचारीमार्फत अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन
जलसरोकार
काठमाडौँ: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सीमित कर्मचारीमार्फत अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको छ ।
राष्ट्र बैंकले आज सार्वजनिक गरेको सूचनामा भदौ २५ गते नेपाली सेनाले जारी गरेको निषेधाज्ञालाई मध्यनजर गर्दै सम्पूर्ण इजाजतप्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी सेवा प्रदायक संस्थालाई व्यवसायिक निरन्तरता दिन निर्देशन दिएको हो ।
सूचनामा भनिएको छ, “बैंक तथा वित्तीय संस्थाले आफ्ना संवेदनशील प्रणाली सीमित कर्मचारीमार्फत सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सञ्चालन गर्नुपर्नेछ । अन्य प्रणालीमा भने जोखिमको आधारमा रिमोट एसिसमार्फत सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।”
त्यस्तै, आवश्यक सेवा सञ्चालनमा रहेका शाखा, एटीएम र उपलब्ध सेवासम्बन्धी जानकारी आफ्नो वेबसाइट र सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई समयमै जानकारी गराउन पनि सबै संस्थालाई आग्रह गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा