राष्ट्र बैंकले ८४ दिनका लागि ५० अर्ब रुपैयाँको तरलता खिच्दै
जलसरोकार
काठमाडौँ: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा अधिक भएको करिब ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । यसका लागि बुधबार ८४ दिन अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण जारी गरिएको हो ।
पछिल्ला दिनहरूमा राष्ट्र बैंकले छोटो अवधिका भन्दा दीर्घकालीन निक्षेप उपकरणको प्रयोग बढाउँदै आएको छ । यसै साता आइतबार पहिलो दिनमा मात्र पनि ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण लागू गरिएको थियो ।
राष्ट्र बैंकका अनुसार, मंगलबारसम्म वित्तीय प्रणालीमा करिब ७९ अर्ब रुपैयाँ तरलता रहेको छ । बैंक तथा वित्तीय संस्थाले अधिक तरलता अल्पकालका लागि स्थायी निक्षेप सुविधा मार्फत राष्ट्र बैंकमा राख्ने गरेका छन् । तर स्थायी निक्षेपमार्फत राखिएको रकम धेरै भएकाले बैंकहरूले दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न थालेका हुन् ।
निक्षेप संकलनमा बैंकहरूलाई प्राथमिकता दिने क्रममा राष्ट्र बैंकले थोरै ब्याजदर माग्ने संस्थालाई प्राथमिकता दिने व्यवस्था गरेको छ । वित्तीय प्रणालीमा तरलता धेरै हुँदा राष्ट्र बैंकले निक्षेप संकलन, स्थायी निक्षेप सुविधा जस्ता उपकरणमार्फत पैसा खिच्छ भने तरलता कम हुँदा स्थायी तरलता सुविधा र रिपोमार्फत पैसा प्रणालीमा पठाउँछ ।
वर्तमानमा बैंक दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत रहेको छ । राष्ट्र बैंकले वित्तीय प्रणालीको तरलता नियन्त्रण गर्न यी उपकरणहरूको प्रयोग गर्दै ब्याजदर करिडोर व्यवस्थापनमा समेत ध्यान दिँदै आएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य