राष्ट्र बैंकले ५० अर्ब निक्षेप खिच्दै
जलसरोकार
काठमाडौं: वित्तीय प्रणालीमा चुलिएको तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको छ ।
राष्ट्र बैंकले निक्षेप संकलन उपकरण (Deposit Collection Instrument) प्रयोग गर्दै बोलकबोल प्रणालीमार्फत निक्षेप संकलन गर्ने जनाएको छ । हालसम्म बैंकिङ प्रणालीमा कुल निक्षेप ७२ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ ।
‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र बोलकबोलमा सहभागी हुन पाउनेछन्। निक्षेप संकलनको ब्याजदर सहभागी संस्थाले गरेको बोलकबोलअनुसार निर्धारण हुनेछ। सबैभन्दा कम ब्याजदर प्रस्तावलाई प्राथमिकता दिइने छ।
आज हुने संकलनको सावाँ तथा ब्याज भुक्तानी आगामी २०८२ भदौ २९ गते हुने राष्ट्र बैंकले जनाएको छ। न्यूनतम १० करोड रुपैयाँदेखि ५ करोडको गुणनफलमा पुग्ने गरी अधिकतम रकमसम्म बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ।
संरचनात्मक खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार, वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अतिरिक्त तरलता देखिएमा अधिकतम ६ महिनासम्मको निक्षेप संकलन उपकरण प्रयोग गर्न सकिने व्यवस्था छ। सोही आधारमा राष्ट्र बैंकले पटक–पटक यो उपकरण प्रयोग गर्दै आएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा