राष्ट्र बैंकले ९० अर्ब तरलता खिच्ने
जलसरोकार
काठमाडौँ: नेपाल राष्ट्र बैंकले बिहीबार वित्तीय प्रणालीबाट ९० अर्ब रुपैयाँ अधिक तरलता खिच्ने भएको छ । हाल प्रणालीमा २ खर्बभन्दा बढी अतिरिक्त तरलता देखिएको कारण केन्द्रीय बैंकले १० दिन अवधिको निक्षेप संकलन उपकरण प्रयोग गर्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार बुधबारसम्म प्रणालीमा २ खर्ब ४ अर्ब रुपैयाँ अतिरिक्त तरलता रहेको थियो । यस अवस्थालाई व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलनमार्फत बैंक तथा वित्तीय संस्थाले राखेको अधिक तरलता संकलन गर्नेछ । यस क्रममा थोरै ब्याजदरमा निक्षेप दिन इच्छुक संस्थालाई प्राथमिकतामा राखेर बाँडफाँट गरिनेछ ।
हाल बैंक दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत रहेको छ । निक्षेप संकलनमा ब्याजदर घट्ने संकेत देखिएको राष्ट्र बैंकले जनाएको छ ।
केन्द्रीय बैंकले वित्तीय प्रणालीमा तरलता धेरै हुँदा निक्षेप संकलन र स्थायी निक्षेप सुविधा प्रयोग गरेर पैसा खिच्ने गर्छ भने तरलता कमी हुँदा रिपो र स्थायी तरलता सुविधा मार्फत रकम पठाउँछ ।
‘जेन जी’ आन्दोलनका कारण केही दिन बैंक तथा वित्तीय संस्था बन्द रहँदा मौद्रिक व्यवस्थापनमा समस्या देखिएको थियो । त्यसबेला तरलता खिच्ने संयन्त्र सक्रिय हुन नसक्दा बैंकमा पैसा थुप्रिएको थियो । आन्दोलनकै कारण निक्षेप पनि बढेको राष्ट्र बैंकले जनाएको छ ।
यस साताको मंगलबारसम्म राष्ट्र बैंकसँग ६ खर्ब ७१ अर्ब ७० करोड रुपैयाँ मौज्दात रहेको छ । सोमध्ये स्थायी निक्षेपमा ४ खर्ब ४ अर्ब र निक्षेप संकलनमा २ खर्ब ६६ अर्ब ७५ करोड रहेको केन्द्रीय बैंकले जानकारी दिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो