राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
जलसरोकार
काठमाडौँ : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रु एक अर्ब २० करोड बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।
राष्ट्र बैंकका अनुसार यो रकम उपदान तथा पेन्सन कोषमा रहेको हुनाले लगानी गर्नुपर्ने भएको हो । इच्छुक बैंक तथा वित्तीय संस्थालाई यही भदौ ३० गतेभित्र निवेदन दिन आह्वान गरिएको छ ।
सूचना अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा रु एक अर्ब चार करोड, ‘ख’ वर्गका विकास बैंकमा रु १९ करोड ५० लाख र ‘ग’ वर्गका वित्त कम्पनीमा रु छ करोड ५० लाख बराबरको रकम लगानी गरिनेछ ।
राष्ट्र बैंकले तोकेको न्यूनतम कुल पुँजीकोष कायम भएको र निष्क्रिय कर्जा सापटी आठ प्रतिशत नाघेको तथा खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने शर्त राखिएको छ ।
साथै, आफूले लिन चाहेको रकम र प्रस्तावित ब्याजदर उल्लेख गरी आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा