राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
जलसरोकार
काठमाडौँ : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रु एक अर्ब २० करोड बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।
राष्ट्र बैंकका अनुसार यो रकम उपदान तथा पेन्सन कोषमा रहेको हुनाले लगानी गर्नुपर्ने भएको हो । इच्छुक बैंक तथा वित्तीय संस्थालाई यही भदौ ३० गतेभित्र निवेदन दिन आह्वान गरिएको छ ।
सूचना अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा रु एक अर्ब चार करोड, ‘ख’ वर्गका विकास बैंकमा रु १९ करोड ५० लाख र ‘ग’ वर्गका वित्त कम्पनीमा रु छ करोड ५० लाख बराबरको रकम लगानी गरिनेछ ।
राष्ट्र बैंकले तोकेको न्यूनतम कुल पुँजीकोष कायम भएको र निष्क्रिय कर्जा सापटी आठ प्रतिशत नाघेको तथा खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने शर्त राखिएको छ ।
साथै, आफूले लिन चाहेको रकम र प्रस्तावित ब्याजदर उल्लेख गरी आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य