सुनको मूल्य कुलमान घिसिङ सेयर बजार नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

काठमाडौं उपत्यकामा एलपी ग्यास अभावको हल्ला निराधार, आपूर्ति पर्याप्त रहेको निगमको प्रष्टीकरण

जलसरोकार
मंगलबार, माघ २०, २०८२ | ०९:१४:४५ बजे

काठमाडौं : पछिल्ला केही दिनदेखि काठमाडौं उपत्यकामा एलपी ग्यासको अभाव भएको भन्दै सामाजिक सञ्जाल, अनलाइन पोर्टल तथा विभिन्न माध्यममा आएका समाचारप्रति नेपाल आयल निगमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। निगमले जारी गरेको प्रेस विज्ञप्तिमा बजारमा ग्यास आपूर्ति समग्र रूपमा पर्याप्त रहेको र अभावको अवस्था सिर्जना नहुने स्पष्ट पारेको छ ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसनका विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट नेपालका उद्योगीहरूलाई मासिक ४९ हजार ५०० मेट्रिक टन एलपी ग्यास उपलब्ध गराउने गरी allocation तोकिएको छ। यहीअनुसार

  • नोभेम्बर २०२५ मा ४७,२६४ मेट्रिक टन,
  • डिसेम्बर २०२५ मा ४८,५३१ मेट्रिक टन,
  • जनवरी २०२६ मा ४७,३०४ मेट्रिक टन
    एलपी ग्यास आयात गरी उपभोक्तामाझ वितरण गरिएको निगमले जनाएको छ । निगमका अनुसार यो परिमाण जाडोयामको माग धान्न पर्याप्त नै रहेको छ।

केही उद्योगमा सिलिण्डर अभाव, समग्र आपूर्तिमा समस्या छैन

विज्ञप्तिमा हाल बजारमा देखिएको समस्या समग्र ग्यास अभाव नभई केही एकाध उद्योगमा मात्र सिलिण्डरको अस्थायी अभाव भएको स्पष्ट गरिएको छ। ती उद्योगलाई सिलिण्डर आपूर्ति सहज बनाउन निर्देशन दिइसकिएको र केही समयमै बजार सामान्य अवस्थामा फर्किने निगमको दाबी छ ।

फेब्रुअरीका लागि थप २ हजार मेट्रिक टन आयात

बजारमा फैलिएको हल्ला, एलपी ग्यासको वर्तमान अवस्था तथा आसन्न निर्वाचनलाई समेत ध्यानमा राख्दै निगमले फेब्रुअरी २०२६ का लागि साविक परिमाणमा २ हजार मेट्रिक टन थप ग्यास आयात गर्ने निर्णय गरेको जनाएको छ। सो परिमाण इन्डियन आयलका विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट bottlers-wise allocation गरेर पठाइसकिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई आग्रह

निगमले आम उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न तथा अनावश्यक भण्डारण नगर्न अनुरोध गर्दै अफवाहका आधारमा सिर्जना हुने कृत्रिम अभावले बजार थप अस्थिर बनाउने चेतावनीसमेत दिएको छ ।

 

प्रकाशित मिति : मंगलबार, माघ २०, २०८२ | ०९:१४:४५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया