नेपालले Fitch Ratings बाट “BB-” सार्वभौम क्रेडिट रेटिङ कायम राख्यो
जलसरोकार
काठमाडौं : नेपालले अन्तर्राष्ट्रिय क्रेडिट मूल्यांकन संस्था Fitch Ratings बाट सन् २०२५ का लागि “BB-” सार्वभौम क्रेडिट रेटिङ प्राप्त गरेको छ। यो रेटिङ गत वर्षकै समान स्तरमा कायम रहन सफल भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार पछिल्ला महिनामा देशले सामना गरेका सामाजिक–राजनीतिक उतारचढाव, वर्षाजन्य प्राकृतिक विपत्ति र विश्वव्यापी आर्थिक सुस्तताका बाबजुद नेपालले अघिल्लो वर्षको रेटिङ जस्तै परिणाम पाउनुले मुलुकको दीर्घकालीन दायित्व पूरा गर्ने क्षमताप्रति अन्तर्राष्ट्रिय समुदायको विश्वास पुनः पुष्टि भएको छ।
सरकारले अपनाएको वित्तीय अनुशासन, राजस्व व्यवस्थापनमा सुधार, खर्चको उचित प्राथमिकता तथा चुनावलाई निर्धारित समयमा सम्पन्न गर्ने प्रतिबद्धताले रेटिङ स्थिर रहन सहयोग पुगेको मन्त्रालयको निष्कर्ष छ। यस्तै, रणनीतिक पूर्वाधार तथा विकास परियोजनाहरूलाई अवरोध रहित निरन्तरता दिने नीतिले अन्तर्राष्ट्रिय विकास साझेदार र वैदेशिक लगानीकर्ताको विश्वास मजबुत भएको बताइएको छ।
अर्थ मन्त्रालयले प्रकाशित सूचनामा मुलुकले प्राप्त गरेको “BB-” रेटिङ वैदेशिक लगानी आकर्षणका लागि महत्त्वपूर्ण सूचक भएको उल्लेख गरेको छ। विशेषगरी ऊर्जा, पूर्वाधार, पर्यटन, कृषि तथा डिजिटल अर्थतन्त्रजस्ता क्षेत्रमा दीर्घकालीन लगानी प्रवाह बढाउन र भविष्यमा नेपालले अन्तर्राष्ट्रिय वित्तीय बजारमा सार्वभौम ऋण (Sovereign Bonds) जारी गर्दा आवश्यक पर्ने स्थिर क्रेडिट प्रोफाइल कायम राख्न यस रेटिङले आधार तयार गर्ने विश्वास मन्त्रालयले व्यक्त गरेको छ।
यस उपलब्धिमा अन्तर्राष्ट्रिय विकास साझेदार, वैदेशिक लगानीकर्ता, निजी क्षेत्र तथा आम नागरिकप्रति धन्यवाद व्यक्त गर्दै मन्त्रालयले आगामी दिनमा आर्थिक स्थायित्व, पारदर्शिता, सुशासन, उत्पादनमूलक लगानी, रोजगारी सिर्जना तथा सामाजिक–आर्थिक रुपान्तरणका साझा लक्ष्यमा सरकार निरन्तर केन्द्रित रहने प्रतिबद्धता जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा