नेपाल–भारत ऊर्जा सचिव बैठक राति १२ बजेसम्म पनि छलफल, आज माइन्यूटिङ हुँदै
जलसरोकार
काठमाडौं : हिजो भएको नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी) को १२ औं बैठकमा भएका सहमति आज बिहानसम्म निर्णय उतार हुन सकेको छैन ।
बैठकमा सहभागी एक नेपाली अधिकारीका अनुसार हिजो राति १२ बजेसम्म छलफल चलेको थियो । उनका अनुसार आज दुबै पक्षले माइन्यूट (निर्णय) मा हस्ताक्षर गर्नेछन् । ‘सहसचिवस्तरीय (जेडब्लूजी) मा भएका अधिकांश सहमतिलाई जेएससीमा अनुमोदन गर्ने सहमति भएको छ,’ ती अधिकारीले बुधबार जलसरोकारसँग भने, ‘बैठकमा दुबै पक्ष सकारात्मक थिए ।’
बैठकमा दोदोधार–बरेली र इनरुवा–पूर्णिया ४०० केभी सीमापार प्रसारण लाइन निर्माणको प्रारुपबारे सहसचिवस्तरीय बैठकले गरेको निर्णयलाई अनुमोदन गर्ने सहमति भएको थियो ।
यसबाहेक ढल्केबर–मुजफ्फरपुर ४०० केभी विद्यमान प्रसारण लाइनको क्षमता बढाउने (एक हजार मेगावाट), अरुण–४ को डीपीआर बनाउन नेपालले सहमति दिने, चमेलिया (नेपाल) –जौलीजीवी (भारत) २०० केभी प्रसारण लाइन निर्माण गर्ने, दुबै देशका ग्रीड सञ्चालन गर्ने लगायतका विषयम जेडब्लूजीले सहमति गरेको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा
-
बजेटको उच्च प्राथमिकतामा सुरुङमार्ग
-
“विद्युत्मा भ्याट नयाँ होइन, करको दायरा विस्तार हो– ५० युनिटसम्मका उपभोक्ता सुरक्षित” : सांसद इन्जिनियर श्रीराम न्यौपाने