नेपाल–भारत ऊर्जा सचिव बैठक राति १२ बजेसम्म पनि छलफल, आज माइन्यूटिङ हुँदै
जलसरोकार
काठमाडौं : हिजो भएको नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी) को १२ औं बैठकमा भएका सहमति आज बिहानसम्म निर्णय उतार हुन सकेको छैन ।
बैठकमा सहभागी एक नेपाली अधिकारीका अनुसार हिजो राति १२ बजेसम्म छलफल चलेको थियो । उनका अनुसार आज दुबै पक्षले माइन्यूट (निर्णय) मा हस्ताक्षर गर्नेछन् । ‘सहसचिवस्तरीय (जेडब्लूजी) मा भएका अधिकांश सहमतिलाई जेएससीमा अनुमोदन गर्ने सहमति भएको छ,’ ती अधिकारीले बुधबार जलसरोकारसँग भने, ‘बैठकमा दुबै पक्ष सकारात्मक थिए ।’
बैठकमा दोदोधार–बरेली र इनरुवा–पूर्णिया ४०० केभी सीमापार प्रसारण लाइन निर्माणको प्रारुपबारे सहसचिवस्तरीय बैठकले गरेको निर्णयलाई अनुमोदन गर्ने सहमति भएको थियो ।
यसबाहेक ढल्केबर–मुजफ्फरपुर ४०० केभी विद्यमान प्रसारण लाइनको क्षमता बढाउने (एक हजार मेगावाट), अरुण–४ को डीपीआर बनाउन नेपालले सहमति दिने, चमेलिया (नेपाल) –जौलीजीवी (भारत) २०० केभी प्रसारण लाइन निर्माण गर्ने, दुबै देशका ग्रीड सञ्चालन गर्ने लगायतका विषयम जेडब्लूजीले सहमति गरेको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
राहुघाट जलविद्युत् आयोजनाको काम ९० प्रतिशत सकियो, मार्चमा परीक्षण उत्पादनको तयारी
-
ठेक्का तोडिएका सडक–पुल योजनामा तत्काल नयाँ टेण्डर प्रक्रिया अघि बढाउन मन्त्री घिसिङको निर्देशन
-
देशभर आंशिक बदली, तराई र उपत्यकामा हुस्सु/कुहिरो
-
स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड
-
निःशुल्क सेयर र अवैध रकम मागले ऊर्जा क्षेत्रमा निजी लगानीलाई जोखिम
-
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ