नयाँ दिल्लीमा नेपाल-भारत ऊर्जा सहसचिवस्तरीय बैठक सुरु
जलसरोकार
काठमाडौं : नेपाल-भारत ऊर्जा सहसचिव स्तरीय संयुक्त कार्य दल (जेडब्लूजी) को १२ औं बैठक भारतको नयाँ दिल्लीमा सुरु भएको छ ।
बैठकमा नेपाली पक्षको नेतृत्व ऊर्जा मन्त्रालयका सहसचिव सन्दीपकुमार देवले गरेका छन् भने उनका समकक्षी भारतको विद्युत् मन्त्रालयका सहसचिव डा. साई बाबाले गरेका छन् ।
बैठकको प्रमुख एजेन्डा इनरुवा-पूर्णिया ४०० केभी र दोदोधारा-बरेली ४०० केभी प्रसारण लाइनको निर्माण प्रारुप (मोडालिटी) छिनोफानो गर्ने रहेको छ ।
नेपालले यी दुबै लाइन बुटबल-गोरखपुर ४०० केभीको मोडल (५०, ५० प्रतिशत दुबै देशले लगानी गरी संयुक्त कम्पनीले बनाउने) मा बनाउन खोजेको छ भने भारतले आ-आफ्नो देशको लाइन आफू आफूले बनाउने तर ती लाइनका क्यापासिटी बुकिङ भने नेपालले गर्नुपर्ने अडान राखेको छ ।
यही दुई प्रसारण लाइनको मोडालिटी छिनोफानो नभएकै कारण यसपालि दुबै देशको ऊर्जा सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी) को बैठक नराखिएको हो ।
जेडब्लूजीले मोडालिटी तय गरेमा मात्र तत्कालै जेएससीको बैठक राख्ने भनिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्