नेपाल-भारत १६ औं संयुक्त प्राविधिक टोली (जेटीटी) बैठक नयाँ दिल्लीमा जारी
जलसरोकार
काठमाडौं : भारतको नयाँ दिल्लीमा आज बिहान सुरु भएको दुई देशका ऊर्जासम्बन्धी प्राविधिक टोली (जेटीटी) को १६ औं बैठक जारी रहेको छ ।
बैठकमा सहभागी एक सदस्यका अनुसार यी समाचार तयार पार्दासम्म उक्त बैठक अझै एक घण्टा जारी रहनेछ ।
बैठकको मुख्य एजेण्ड चमेलिया-जलजिवी २२० केभी प्रसारण लाइन निर्माण नभएसम्म पश्चिम नेपालकाे विद्युत् प्रसारण कसरी गर्ने भन्ने विषय रहेको मन्त्रालय स्रोतले जनाएको छ । यसबाहेक अनारमणि-किसनगञ्ज, निजगढ-मोतीहारी र लमही-लखनउ ४०० केभी प्रसारण लाइनहरुको संयुक्त अध्ययन गर्ने रहेका छन् ।
बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व ऊर्जा मन्त्रालयका सहसचिव सन्दिपकुमार देवले गर्दैछन् । उनको टोलीमा नेपाल विद्युत् प्राधिकरणको प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठ, प्राधिकरणको विद्युत् व्यापार विभागका निर्देशक राजन ढकाल, ऊर्जा मन्त्रालयका चिफ डिभिजनल इन्जिनियर सञ्जीव राय, प्राधिकरणको विद्युत् प्रणाली सञ्चालन विभागका निर्देशक चन्दनकुमार घोष र उपप्रबन्धक रिशेष मान सिंह अमात्य छन् ।
यो बैठकले विशुद्ध प्राविधिक छलफल तथा गरेका निर्णय कार्यान्वयन गर्न सहसचिवस्तरीय संयुक्त कार्यदखल (जेडब्लूजी) लाई सिफारिस गर्छ । जेडब्लूजीले निर्णय गरेर दुई देशका ऊर्जा सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी) बाट अनुमोदन हुने परम्परा छ ।
यसैगरी भोलि बुधबार दुई देशका ऊर्जा सहसचिवस्तरीय जेडब्लूजीको बैठक पनि नयाँ दिल्लीमा बस्दै छ । उक्त बैठकको नेतृत्व पनि मन्त्रालयका सहसचिव देवले गर्दैछन् । देव ऊर्जा मन्त्रालयको नीति महाशाखा प्रमुख हुन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा