नेपालबाट दैनिक एक हजार मेगावाट विद्युत् निर्यात, १५ अर्ब रुपैयाँ आम्दानी
जलसरोकार
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले देशभित्रको खपत पूरा गरेपछि हाल औसत एक हजार मेगावाट विद्युत् विदेशमा निर्यात गर्दै आएको छ । प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार चालु आर्थिक वर्षको साउनदेखि अहिलेसम्मको अवधिमा करिब १५ अर्ब रुपैयाँ बराबरको बिजुली निर्यात गरिएको छ ।
भारतको ऊर्जा बजारमा प्रतिस्पर्धात्मक दरमा विद्युत् बिक्री भइरहेको प्राधिकरणले जनाएको छ । भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड र रियल टाइम मार्केटमार्फत तथा द्विपक्षीय सम्झौताअन्तर्गत हरियाणा र बिहारमा विद्युत् पठाइँदै आएको हो ।
त्यससँगै भारतको प्रसारण प्रणाली प्रयोग गरी बंगलादेशलाई पनि दैनिक ४० मेगावाट बिजुली निर्यात भइरहेको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा र बंगलादेशसँगको कारोबार अमेरिकी डलरमा हुने भएकाले नेपालले दुबै मुद्रामा आम्दानी गरिरहेको प्राधिकरणले जनाएको छ ।
हाल नेपाल विद्युत् प्राधिकरणले भारत र बंगलादेशमा गरी कुल १,१६५ मेगावाट विद्युत् निर्यात गर्ने अनुमति पाएको छ । निर्यात विस्तारसँगै नेपालको विद्युत् व्यापार क्षेत्रीय स्तरमा थप सुदृढ हुँदै गएको बताइन्छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य