नेपाल विद्युत प्राधिकरणकाे आधिकारिक वेबसाइट र अनलाइन सेवा ४८ घण्टा बन्द हुने
जलसरोकार
काठमाडौँ : नेपाल विद्युत प्राधिकरणले आफ्ना अनलाइन सेवाहरु बन्द गर्ने भएकाे छ । बिहिबार एक सुचना जारी गर्दै प्राधिकरणले आफ्ना अनलाइन सेवाहरु मर्मत र प्रणाली सुधारको लागि अस्थायी रुपमा बन्द हुने बताएकाे हाे ।
प्राधिकरणका अनुसार, कार्तिक २९ गते विहान १ : ०० बजेदेखि ३० कार्तिक राती १२:०० बजेसम्म इन्टरनेट/इन्ट्रानेटमार्फत सञ्चालित सम्पूर्ण सेवा बन्द रहनेछ।
बन्द हुने सेवाहरुमा अनलाइन माध्यमबाट महशुल संकलन र भुक्तानी, चार्जिङ स्टेशन सेवा, स्मार्ट मिटर रिडिङ्ग र अनलाइन बिलिङ्ग, स्मार्ट सडक बत्ती सञ्चालन, तथा प्राधिकरणको आधिकारिक वेबसाइट र मोबाइल एप समावेश छन्।
नेपाल विद्युत प्राधिकरणले सेवा सुधार कार्य सकेसँगै छिट्टै सेवा पुनः सञ्चालन हुने जानकारी दिएको छ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्