नेपाल विद्युत प्राधिकरणकाे आधिकारिक वेबसाइट र अनलाइन सेवा ४८ घण्टा बन्द हुने
जलसरोकार
काठमाडौँ : नेपाल विद्युत प्राधिकरणले आफ्ना अनलाइन सेवाहरु बन्द गर्ने भएकाे छ । बिहिबार एक सुचना जारी गर्दै प्राधिकरणले आफ्ना अनलाइन सेवाहरु मर्मत र प्रणाली सुधारको लागि अस्थायी रुपमा बन्द हुने बताएकाे हाे ।
प्राधिकरणका अनुसार, कार्तिक २९ गते विहान १ : ०० बजेदेखि ३० कार्तिक राती १२:०० बजेसम्म इन्टरनेट/इन्ट्रानेटमार्फत सञ्चालित सम्पूर्ण सेवा बन्द रहनेछ।
बन्द हुने सेवाहरुमा अनलाइन माध्यमबाट महशुल संकलन र भुक्तानी, चार्जिङ स्टेशन सेवा, स्मार्ट मिटर रिडिङ्ग र अनलाइन बिलिङ्ग, स्मार्ट सडक बत्ती सञ्चालन, तथा प्राधिकरणको आधिकारिक वेबसाइट र मोबाइल एप समावेश छन्।
नेपाल विद्युत प्राधिकरणले सेवा सुधार कार्य सकेसँगै छिट्टै सेवा पुनः सञ्चालन हुने जानकारी दिएको छ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा