नेपाल विद्युत् प्राधिकरण ऊर्जाशील कर्मचारी संघको बागमती प्रदेश समिति गठन
जलसरोकार
काठमाडौं : नेपाल विद्युत् प्राधिकरण ऊर्जाशील कर्मचारी संघ बागमती प्रदेश समितिको पहिलो अधिवेशन काठमाडौंमा सम्पन्न भएको छ। अधिवेशनले गोरिनाथ श्रेष्ठलाई सर्वसम्मतरूपमा अध्यक्षमा चयन गरेको छ।
नवनिर्वाचित समितिमा उपाध्यक्षमा कृृष्ण कुमारी वर्याल, सचिवमा दुर्गा सुवेदी, सहसचिवमा रञ्जना भारती, कोषाध्यक्षमा श्रीषु श्रेष्ठसहित ११ सदस्यीय कार्यसमिति चयन गरिएको संघले जनाएको छ।
अधिवेशनका प्रमुख अतिथि संघका केन्द्रीय संयोजक इन्द्रप्रसाद न्यौपाने रहेका थिए। कार्यक्रमको अध्यक्षता सहसंयोजक महेन्द्रबहादुर पनेरुले गरेका थिए।
सलाहकार गजेन्द्र सिंह थापा, चतुर्भुज गंगतान, सन्तोष गौतमलगायतले नवनिर्वाचित समितिलाई शुभकामना व्यक्त गरेका थिए।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्