सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की पूर्वाधार
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

नेपाल विद्युत् प्राधिकरण ऊर्जाशील कर्मचारी संघको बागमती प्रदेश समिति गठन

जलसरोकार
शुक्रबार, मंसिर १९, २०८२ | १३:५२:५४ बजे

काठमाडौं : नेपाल विद्युत् प्राधिकरण ऊर्जाशील कर्मचारी संघ बागमती प्रदेश समितिको पहिलो अधिवेशन काठमाडौंमा सम्पन्न भएको छ। अधिवेशनले गोरिनाथ श्रेष्ठलाई सर्वसम्मतरूपमा अध्यक्षमा चयन गरेको छ।

नवनिर्वाचित समितिमा उपाध्यक्षमा कृृष्ण कुमारी वर्याल, सचिवमा दुर्गा सुवेदी, सहसचिवमा रञ्जना भारती, कोषाध्यक्षमा श्रीषु श्रेष्ठसहित ११ सदस्यीय कार्यसमिति चयन गरिएको संघले जनाएको छ।

अधिवेशनका प्रमुख अतिथि संघका केन्द्रीय संयोजक इन्द्रप्रसाद न्यौपाने रहेका थिए। कार्यक्रमको अध्यक्षता सहसंयोजक महेन्द्रबहादुर पनेरुले गरेका थिए।
सलाहकार गजेन्द्र सिंह थापा, चतुर्भुज गंगतान, सन्तोष गौतमलगायतले नवनिर्वाचित समितिलाई शुभकामना व्यक्त गरेका थिए।

 

प्रकाशित मिति : शुक्रबार, मंसिर १९, २०८२ | १३:५२:५४ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया