नेपाल विद्युत् प्राधिकरण र नर्वेबीच ऊर्जा विकासका लागि सहकार्य कार्यान्वयन सम्झौतामा हस्ताक्षर
जलसरोकार
काठमाडौंँ : नेपाल विद्युत् प्राधिकरण , नर्वेजियन वाटर रिसोर्सेस एण्ड इनर्जी डायरेक्टोरेट र स्टाटनेट एसएफबीच “ऊर्जा विकासका लागि कार्यक्रम पहिलो चरणको कार्यान्वयन सम्झौतामा हस्ताक्षर गरिएको छ ।
सम्झौता हस्ताक्षरसँगै नेपाल र नर्वेबीच ऊर्जा क्षेत्रको दिगो, भरपर्दो र दक्ष विकासका लागि सहकार्य थप सुदृढ बनेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
कार्यक्रमको पहिलो चरण अन्तर्गत नेपालमा विद्युत् प्रणालीको सुदृढीकरण, दक्षता वृद्धि, नवीकरणीय ऊर्जा प्रवर्द्धन तथा प्रविधि आदान–प्रदानका कार्यहरू अघि बढाइनेछ । यसका माध्यमबाट नेपालमा दिगो ऊर्जा पूर्वाधार निर्माण र ग्रामीण भेगमा ऊर्जा पहुँच विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले यो सम्झौता नेपालको ऊर्जा क्षेत्रको आधुनिकीकरण र अन्तर्राष्ट्रिय सहकार्यलाई नयाँ उचाइमा पुर्याउने माइलस्टोन भएको बताएका ५न् । उनका अनुसार नर्वेले नेपाललाई दीर्घकालदेखि ऊर्जा तथा जलस्रोत क्षेत्रमा प्राविधिक तथा आर्थिक सहयोग गर्दै आएको छ र यो साझेदारीले त्यस सहकार्यलाई संस्थागत रूप दिएको छ ।
नर्वेजियन पक्षले नेपालमा ऊर्जा पूर्वाधार, प्रणाली सुधार र नवीकरणीय ऊर्जामा लगानीमैत्री वातावरण सृजना गर्न निरन्तर साथ दिने जनाएको छ ।
“ऊर्जा विकासका लागि कार्यक्रम (EfD)” ले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा सुधार, जनशक्ति क्षमता विकास र वातावरणमैत्री ऊर्जा नीतिको प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्य राखेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै