अपर अरुण जलविद्युत आयोजनाको पहुँच मार्ग निर्माणका लागि ड्रोनमार्फत सामग्री ढुवानीको सफल परीक्षण
जलसरोकार
काठमाडौं । नेपालमा पहिलोपटक ठूला निर्माण सामग्री ड्रोनमार्फत ढुवानी गर्ने परीक्षण अपर अरुण जलविद्युत आयोजनामा सफल भएको छ। अपर अरुण हाइड्रो–इलेक्ट्रिक लिमिटेडद्वारा प्रवद्र्धित १,०६३.३६ मेगावाटको अपर अरुण जलविद्युत आयोजनाको २१.१९ किलोमिटर लामो पहुँच मार्ग (जिसमा २.०३ किमी एक्सेस टनेल समावेश छ) निर्माणका लागि आवश्यक सामग्री ड्रोनमार्फत लैजाने परीक्षण सम्पन्न गरिएको हो।
परीक्षणका क्रममा सिमेन्ट, ग्याबियन तार लगायतका निर्माण सामग्री ढुवानी गरी ड्रोनमार्फत कठिन भू–भागमा पहुँच सम्भव हुने देखाइएको छ। पहाडी क्षेत्र र टनेल नजिकका स्थानमा परम्परागत ढुवानी कठिन हुने भएकाले ड्रोन प्रयोगले निर्माण कार्यलाई छिटो र सुरक्षित बनाउन मद्दत गर्ने कम्पनीले बताइएको छ।
उक्त ड्रोन Airlift कम्पनीको हो, जसले यसअघि सगरमाथामा रहेको फोहोर व्यवस्थापनका लागि पहिलोपटक प्रयोग गरेर ध्यान खिचेको थियो।
जानकारी Er. निराजन चिलुवालमार्फत प्राप्त भएको हो।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै