भोटेकोशी बाढीपछि टनेलमा फसेका ३५० जनाको नेपाली सेनाद्वारा उद्धार
जलसरोकार
काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशूली हाइड्रोपावरको टनेलभित्र फसेका ३५० जना मजदुर तथा स्थानीयवासीको नेपाली सेनाले विहिबार साँझ सफलतापूर्वक उद्धार गरेको छ ।
प्रतिकूल मौसम र बाढीको तीव्र बहावका बीच अत्यन्तै जोखिमपूर्ण परिस्थितिमा सेनाले उद्धार अभियान सञ्चालन गरेको हो । टनेलभित्र अझै १०० जनाभन्दा बढी मानिस फसेको जनाइएको छ । उनीहरूलाई पनि सुरक्षित रूपमा बाहिर निकाल्न नेपाली सेनाको टोली निरन्तर खटिरहेको छ ।
टनेलभित्रको जटिल तथा जोखिमपूर्ण उद्धार अभियानका लागि नम्बर १ सेकेन्ड मुभमेन्ट ट्याक्टिकल हेडक्वार्टर (त्रिशूली) बाट जमदार भक्तजन बस्नेतको कमाण्डमा १/३ को सैन्य टोली अहोरात्र खटिएको छ ।
यसैगरी, बाढीको उच्च जोखिममा परेका रसुवाका अन्य विकट क्षेत्रमा समेत नेपाली सेनाले उद्धार कार्यलाई निरन्तरता दिएको छ । सी क्यू आर टी धुन्चे ब्यारेकबाट सहसेनानी अभिषेक शाहीको कमाण्डमा खटिएको १/५ को टोलीले स्याफ्रुबेंसी, टिमुरे, मैलुङ, ठूलो हाकु र हाकुबेँसीका विभिन्न स्थानबाट थप ५३३ जना नागरिकलाई सुरक्षित स्थानमा सारेको छ ।
नेपाली सेनाका अनुसार आज रसुवाका विभिन्न प्रभावित क्षेत्रबाट गरी कुल ८८३ जना स्थानीयवासी तथा मजदुरको उद्धार गरिएको छ ।
उच्च जोखिमका बाबजुद उद्धार कार्यमा खटिएको सेनाको टोलीले तीव्रता र समर्पणका साथ अभियान सञ्चालन गरिरहेको छ । टनेलभित्र अझै फसेका नागरिकलाई सुरक्षित बाहिर निकाल्न उद्धार कार्य जारी रहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य