विद्युत् प्राधिकरणको वितरण चुहावट घट्दो
केपी ओलीले कुलमानलाई हटाउँदा प्राधिकरणको चुहावट १.३६ प्रतिशतले बढेर नाफा ६ अर्ब रुपैयाँले घटेको थियो ।
जलसरोकार
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले गत वर्ष पनि वितरण चुहावट घटाउन सफल भएको छ । अघिल्लो वर्ष वितरण चुहावट ९.७६ प्रतिशत रहेकोमा गत वर्ष यस्तो चुहावट ९.५९ प्रतिशतमा सीमित भएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पहिलो कार्यकालको अन्त्यमा वितरित विद्युतको चुहावट १०.२८ प्रतिशत थियो ।
तत्कालीन केपी ओली सरकारले घिसिङको ठाउँमा प्राधिकरणकै उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेपछि उनको कार्यावधिमा उक्त चुहावट १.३६ प्रतिशतले बढेर ११.६४ प्रतिशत पुगेको थियो ।
आव २०७६/७७ मा प्राधिकरणको प्रणालीमा ७ अर्ब ७४ करोड युनिट बिजुली उपलब्ध थियो । १.३६ प्रतिशतले चुहावट बढ्दा १० करोड ५२ लाख युनिट नाश भएको थियो । चुहावट वृद्धि भएकै कारण उक्त वर्ष प्राधिकरणको नाफा एकै वर्ष ६ अर्ब रुपैयाँले घटेको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्