विद्युत् प्राधिकरणको वितरण चुहावट घट्दो
केपी ओलीले कुलमानलाई हटाउँदा प्राधिकरणको चुहावट १.३६ प्रतिशतले बढेर नाफा ६ अर्ब रुपैयाँले घटेको थियो ।
जलसरोकार
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले गत वर्ष पनि वितरण चुहावट घटाउन सफल भएको छ । अघिल्लो वर्ष वितरण चुहावट ९.७६ प्रतिशत रहेकोमा गत वर्ष यस्तो चुहावट ९.५९ प्रतिशतमा सीमित भएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पहिलो कार्यकालको अन्त्यमा वितरित विद्युतको चुहावट १०.२८ प्रतिशत थियो ।
तत्कालीन केपी ओली सरकारले घिसिङको ठाउँमा प्राधिकरणकै उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेपछि उनको कार्यावधिमा उक्त चुहावट १.३६ प्रतिशतले बढेर ११.६४ प्रतिशत पुगेको थियो ।
आव २०७६/७७ मा प्राधिकरणको प्रणालीमा ७ अर्ब ७४ करोड युनिट बिजुली उपलब्ध थियो । १.३६ प्रतिशतले चुहावट बढ्दा १० करोड ५२ लाख युनिट नाश भएको थियो । चुहावट वृद्धि भएकै कारण उक्त वर्ष प्राधिकरणको नाफा एकै वर्ष ६ अर्ब रुपैयाँले घटेको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मधेशका अधिकांश पुल निर्माण अलपत्र
-
मुदीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
-
नारायणी नदीको सिग्नेचर ब्रिजको निरीक्षण, समयमै निर्माण सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन
-
कालीगण्डकी टारलाई बहुउद्देश्य आधुनिक औद्योगिक सहरका रूपमा विकास गर्ने प्रस्तावमा मन्त्री घिसिङको चासो
-
हितेन्द्रदेव शाक्य एमाले होइनन्
-
पूर्व—पश्चिम राजमार्गको बाराको दुधौरा पुल पुसभित्र सञ्चालनमा ल्याउने निर्माण व्यवसायीको प्रतिबद्धता