काँकरभिट्टा नाकाबाट दुई महिनामा झण्डै तीन अर्बको पेट्रोलियम पदार्थ आयात
जलसरोकार
झापा: चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा काँकरभिट्टा नाकाबाट करिब रु दुई अर्ब ८४ करोड ४८ लाख ८४ हजार बराबरको पेट्रोलियम पदार्थ आयात गरिएको छ । यस अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ र मट्टितेल आयात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।
भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थ आयात रकम रु १० करोड ६१ लाख २८ हजार अर्थात् ३.६० प्रतिशतले घटेको छ। तर, राजस्व भने रु ६४ लाख तीन हजार (०.५० प्रतिशत) ले बढेको छ ।
कार्यालयको तथ्याङ्कअनुसार साउन–भदौ महिनामा मात्रै पेट्रोलियम पदार्थ आयातबाट रु एक अर्ब ३९ करोड ८६ लाख ३० हजार राजस्व संकलन भएको छ ।
उक्त अवधिमा रु १ अर्ब ४२ करोड ७२ लाख बराबरको १६ हजार ३५२ किलोलिटर पेट्रोल, रु ८४ करोड ४२ लाख बराबरको ९ हजार ४ किलोलिटर डिजेल , रु ४० करोड ४९ लाख बराबरको ४ हजार २३३ मेट्रिक टन एलपी ग्यास , रु १३ करोड २८ लाख बराबरको १ हजार ४८८ किलोलिटर एटिएफ र रु २ करोड २२ लाख बराबरको २४८ किलोलिटर मट्टितेल आयात गरिएको भन्सार कार्यालयले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा विद्युतीय तार भूमिगत काम अगाडि बढाइने
-
लगातार पाँचौं दिन पनि घट्यो सेयर बजार, २३.५० अंकले घट्यो नेप्से
-
अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेर ४६.२५ मेगावाट पुग्यो
-
सरकार–निजी क्षेत्र सँगै नहिँडे अर्थतन्त्रले गति लिँदैन : अध्यक्ष ढकाल
-
बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपछि सञ्चालनमा
-
पश्चिमी वायुको आंशिक प्रभाव, देशभर आंशिक बदली