काँकरभिट्टा नाकाबाट दुई महिनामा झण्डै तीन अर्बको पेट्रोलियम पदार्थ आयात
जलसरोकार
झापा: चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा काँकरभिट्टा नाकाबाट करिब रु दुई अर्ब ८४ करोड ४८ लाख ८४ हजार बराबरको पेट्रोलियम पदार्थ आयात गरिएको छ । यस अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ र मट्टितेल आयात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।
भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थ आयात रकम रु १० करोड ६१ लाख २८ हजार अर्थात् ३.६० प्रतिशतले घटेको छ। तर, राजस्व भने रु ६४ लाख तीन हजार (०.५० प्रतिशत) ले बढेको छ ।
कार्यालयको तथ्याङ्कअनुसार साउन–भदौ महिनामा मात्रै पेट्रोलियम पदार्थ आयातबाट रु एक अर्ब ३९ करोड ८६ लाख ३० हजार राजस्व संकलन भएको छ ।
उक्त अवधिमा रु १ अर्ब ४२ करोड ७२ लाख बराबरको १६ हजार ३५२ किलोलिटर पेट्रोल, रु ८४ करोड ४२ लाख बराबरको ९ हजार ४ किलोलिटर डिजेल , रु ४० करोड ४९ लाख बराबरको ४ हजार २३३ मेट्रिक टन एलपी ग्यास , रु १३ करोड २८ लाख बराबरको १ हजार ४८८ किलोलिटर एटिएफ र रु २ करोड २२ लाख बराबरको २४८ किलोलिटर मट्टितेल आयात गरिएको भन्सार कार्यालयले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य