विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको विद्युत् महसुल नतिर्ने उद्योगहरुको लाइन आज रातिदेखि नै काट्ने
जलसरोकार
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बिजुली उपभोग गरेर विद्युत् महसुल नतिर्ने उद्योगहरुको लाइन समय सीमा समाप्त भएकै दिन आज बिहीबारबाटै काट्ने भएको छ ।
यो समाचार तयार पार्दासम्म प्राधिकरणका सम्बद्ध वितरण केन्द्र प्रमुखहरु लाइन काट्ने तयारीमा छन् ।
प्राधिकरणले दिएको अन्तिम मिति कात्तिक ८ मा पनि लोडसेडिङ नहुने बिजुली उपभोग गरेका उद्योगहरुले किस्ता तिर्न नमानेपछि लाइन काट्न सुरु गरेको हो ।
प्राधिकरण स्रोतका अनुसार आज बिहान ऊर्जा मन्त्रालयमा भएको प्राधिकरण सञ्चालक समिति बैठकमा ऊर्जा मन्त्री तथा प्राधिकरण अध्यक्ष दीपक खड्काले ‘लाइन नकाट्नेसम्बन्धी ठोस प्रस्ताव र निर्णय’ गर्न नसकेपछि र आजै प्राधिकरणले उद्योगीहरुलाई बोलाएर किस्ताबन्दीमा तिर्न अनुरोध गर्दा समेत नमानेपछि लाइन काट्ने निचोडमा प्राधिकरण पुगेको हो ।
बिहीबार बेलुकीसम्म पनि उद्योगीहरुसँग कुरा नमिलेपछि प्राधिकरण लाइन काट्ने निचोडमा पुगेको स्रोतले बतायो ।
बीरगञ्ज, नेपालगञ्ज र बुटबल क्षेत्रका उद्योगहरुका लाइन आजै काटिने जानकारी प्राधिकरणका एक अधिकारीले दिए ।
हुलास, जगदम्बा, हामा, अशोक स्टील, त्रिवेणी स्पीनीङ, त्रिवेणी सिन्थेटिक, हिमाल स्टील, कसमस सिमेन्ट, एभरेष्ट पेपरका लाइन आज राति नै काटिने स्रोतले जानकारी दियो ।
हुलास स्टीलको १४ करोड १२ लाख, जगदम्बाको १ अर्ब ६० करोड, १८ लाख, हामाको ५ करा्ेड ८५ लाख, अशोक स्टीलको १४ करोड १२ लाख, त्रिवेणी स्पीनीङको ३२ करोड ९ लाख, त्रिवेणी सिन्थेटिकको ४ करोड ३९ लाख, हिमाल स्टीलको १३ करोड ६५ लाख, कसमस सिमेन्टको ९ करोड ७७ लाख, एभरेष्ट पेपरको ९ करोड ४४ लाख रुपैयाँ बक्यौता छ ।
प्राधिकरणले यसबाहेक बाँकी ६१ वटा उद्योगको लाइन पनि क्रमशः काट्दै जाने स्रोतले बतायो ।
प्राधिकरणले गत असोज २४ गते कात्तिक ८ गतेसम्ममा बक्यौता रकम बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा