सौर्य ऊर्जा उत्पादकलाई ‘पिपिए’ गर्न प्राधिकरणको आग्रह
जलसरोकार
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले स्थानीय तहको लगानीमा निर्माण हुने सौर्य विद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता (पीपीए) गर्न आवेदन दिन आग्रह गरेको छ।
प्राधिकरणले स्थानीय तहको कम्तीमा ५१ प्रतिशत साझेदारीमा निर्माण हुने एक मेगावाटसम्म जडित क्षमता भएका सौर्य आयोजनाबाट उत्पादित विद्युत् खरिद गर्ने निर्णय गरेको जनाएको छ। यससम्बन्धी निर्णय प्राधिकरणको २०८२ कात्तिक १९ गतेको बैठकले गरेको हो।
त्यस्ता आयोजनाबाट उत्पादित विद्युत्को खरिददर प्रतियुनिट ४ रुपैयाँ ९९ निर्धारण गरिएको छ। प्राधिकरणले चालु आर्थिक वर्षभित्रै यस्ता आयोजनासँग पीपीए सम्पन्न गर्ने लक्ष्य लिएको छ।
प्राधिकरणको वैशाख २ गतेको निर्णयअनुसार इच्छुक आयोजनालाई आवश्यक कागजातसहित यसै महिनाको अन्तिमसम्म निवेदन दिन आह्वान गरिएको छ। सौर्य आयोजना प्राधिकरणको ३३/११ केभी क्षमताको ग्रिड वा वितरण सवस्टेशनमा जडान गरिनेछ भने आवश्यक परे ११ केभी वितरण लाइनमार्फत समेत जडानको व्यवस्था मिलाइनेछ।
पीपीएका लागि निवेदन दिँदा कम्पनी दर्ता प्रमाणपत्र, स्थानीय तहको कम्तीमा ५१ प्रतिशत शेयर रहेको विवरण, सञ्चालकहरूको लगत, प्रबन्धपत्र तथा नियमावली, कर चुक्ता प्रमाणपत्र, विद्युत् सर्वेक्षण अनुमतिपत्र, स्थायी लेखा नम्बर (प्यान) दर्ता प्रमाणपत्र, आयोजनास्थलको जग्गा सम्बन्धी कागजात पेश गर्नुपर्नेछ।
यसका साथै, विद्युत् खरिद बिक्री सम्झौताको मस्यौदा, हस्ताक्षर गर्ने आधिकारिक व्यक्तिको अख्तियारीनामा र आयोजनाको निर्माण तालिकासहितको विवरणसमेत अनिवार्य रूपमा पेश गर्नुपर्ने प्राधिकरणले जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै
-
रसुवागढी जलविद्युत् केन्द्रका ९३ जना अझै बेपत्ता, सुरुङमा खोज्दा पनि कोही भेटिएनन्