विद्युत् आपूर्तिमा समस्या आए ११५० वा प्रदेश कार्यालयमा सम्पर्क गर्न प्राधिकरणको आग्रह
गर्मी, हावाहुरी, वर्षा र प्राविधिक कारणले आपूर्ति प्रभावित हुन सक्ने भन्दै सेवा सुधारमा प्रतिबद्ध रहेको जानकारी
जलसरोकार
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले अत्यधिक गर्मी, हावाहुरी, वर्षा तथा अन्य प्रतिकूल मौसमका साथै विभिन्न प्राविधिक कारणले देशका केही स्थानमा बेला–बेलामा विद्युत् आपूर्तिमा अवरोध तथा असन्तुलन देखिन सक्ने जनाएको छ।
शनिबार सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणले विद्युत् दुर्घटना, आपूर्ति अवरोध वा विद्युत्सम्बन्धी कुनै गुनासो भए हटलाइन नम्बर ११५० वा सम्बन्धित प्रदेश कार्यालयका प्रमुखको सम्पर्क नम्बरमा सम्पर्क गरी आफ्नो विवरण उपलब्ध गराउन उपभोक्तालाई आग्रह गरेको हो।
प्राधिकरणले सूचना प्राप्त हुनासाथ सम्बन्धित कार्यालयलाई तत्काल समस्या समाधानका लागि परिचालन गर्ने जनाएको छ।
सूचनामा प्राविधिक, प्राकृतिक तथा आकस्मिक कारणले विद्युत् आपूर्तिमा आएको अवरोधबाट सेवाग्राहीमा परेको असुविधाप्रति क्षमायाचना गर्दै यथाशीघ्र आपूर्ति पुनः सञ्चालन गर्न आफूहरू कटिबद्ध रहेको उल्लेख गरिएको छ।
विश्वसनीय, गुणस्तरीय, सुरक्षित तथा भरपर्दो विद्युत् सेवा उपलब्ध गराउनु आफ्नो प्रमुख दायित्व भएको उल्लेख गर्दै प्राधिकरणले विद्युत् प्रणालीको सुदृढीकरण र सेवा गुणस्तर अभिवृद्धिका लागि आवश्यक सुधारका काम निरन्तर अघि बढाइरहेको जनाएको छ।
साथै, प्राधिकरणले यस अवधिमा सेवाग्राहीबाट प्राप्त धैर्य, सहयोग र विश्वासप्रति आभार व्यक्त गर्दै वितरण केन्द्र तथा प्रदेश कार्यालयहरूको सम्पर्क विवरण आफ्नो आधिकारिक वेबसाइटमा उपलब्ध रहेको जानकारी दिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै
-
रसुवागढी जलविद्युत् केन्द्रका ९३ जना अझै बेपत्ता, सुरुङमा खोज्दा पनि कोही भेटिएनन्