प्राधिकरणले छुट बिल बापत उठायो साढे ८ करोड रुपैयाँ
जलसरोकार
काठमाडौं : ट्रंक तथा डेडिकेटेड लाइन प्रयोग गरेर अर्बाैं रुपैयाँ बक्यौता उठाउन बाँकी रहेका बेला नेपाल विद्युत् प्राधिकरणले आव २०८१÷८२ मा अन्य सर्वसाधरण ग्राहकहरुबाट भने छुट बिल बापत ८ करोड ६१ लाख ८६ हजार रुपैयाँ संकलन गरेको छ ।
उक्त आर्थिक वर्षमा प्राधिकरणले बिलिङ नभएको कुल ९७ लाख १४ हजार ८ सय ५९ युनिट बिजुलीको रकम उठाएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको विद्युत् महसुल संकलन विनियमावली, २०७८ को विनियम ८ मा प्राधिकरणले उपभोक्तालाई विलिङ्ग गर्दा कुनै कारणवश विलिङ्ग छुट हुन गएमा सो को जानकारी भएपश्चात जुनसुकै समयमा पनि विद्युत उपभोग गरी छुटेको खपत तथा महसुल बापत छुट्टै विलिङ्ग गरिने व्यवस्था छ ।
छुट विलिङ्ग गरिएको निर्णयमा चित्त नबुझ्ने उपभोक्ताले प्राधिकरणको प्रचलित विद्युत वितरण विनियमावलीमा तोकिए वमोजिम पुनरावलोकन समिति समक्ष निवेदन दिन सक्ने बन्दोबस्ती उक्त विनियमावलीले गरेको छ ।
प्राधिकरणले यही विनियमावलीअनुसार ट्रंक तथा डेडिकेटेडको छुट बिल पठाएको हो ।
यही विनियमावलीअनुसार प्राधिकरणले २०७२ सालदेखि २०७५ सालसम्मको ट्रंक तथा डेडिकेटेडको २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता उठाउन सकिरहेको छैन । उक्त कुल बक्यौता ९० प्रतिशतभन्दा बढी छुट बिल भएको प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका एक अधिकारीले जानकारी दिए ।
बक्यौताधारीहरु विनियमावलीमा उल्लिखित समय सीमा कटाएर उक्त विनियमावलले संशोधन गरेर प्रशासकीय पुनरावलोकन समितिमा गएका छन् । तर समितिका पदाधिकारीहरु यस्ता ‘अवैधानिक समिति’ मा काम गर्न मानिरहेका छैनन् र समितिको म्याद थप गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्सेमा गिरावट, करिब रु. ४ अर्बभन्दा बढीको कारोबारसँग बजार दबाबमा
-
हाइड्रो आईपीओ उछाल: लगानीकर्ताको अवसर कि जोखिम?
-
भिमखोला साना जलविद्युत् आयोजना : ३० वर्षे पीपीएमा मध्यम प्रतिफल, प्रारम्भिक वर्षमा कमजोर आरओइ
-
नेपाल हाइड्रोपावर एकेडेमीको अध्यक्षमा मिथुन चक्रवर्तीप्रसाद पौडेल चयन
-
सुन तोलामा ५१ सयले बढ्यो, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
-
सुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख २८ हजार ६५० आवेदकले पाए १० कित्ता