प्राधिकरणले काबेली कोरिडोर १३२ के.भी. प्रसारण लाइनका बिग्रिएका सामग्री लिलामी प्रक्रिया अघि बढायो
जलसरोकार
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले काबेली कोरिडोर १३२ के.भी. प्रसारण लाइन आयोजनामा रहेका टुटफुट भई प्रयोगयोग्य नभएको सामग्री लिलामीमार्फत बिक्री गर्न प्रक्रिया अघि बढाएको छ ।
प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै इलाम र दमक सबस्टेशनमा रहेको बेकम्मा, टुटफुट भई काम नलाग्ने तथा मर्मत असम्भव भएका फर्निचर, कार्यालय सामग्री, पुराना ड्रम, निष्क्रिय ब्याट्री, गाडीका स्पेयर पार्टस लगायत विविध सामग्रीलाई लिलामी बिक्रीमा राखिएको जनाएको छ ।
सूचना अनुसार सबै सामग्री जस्ताको तस्तै अवस्थामा सिलबन्दी बोलपत्रमार्फत बढाबढ गरी बिक्री गरिनेछ।
लिलामीमा सहभागी हुन इच्छुक व्यक्तिले पान दर्ता प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। त्यस्तै, दर्ता भएका फर्महरूले फर्म दर्ता प्रमाणपत्र, भ्याट दर्ता प्रमाणपत्र तथा नविकरण गरिएको आयकर प्रमाणपत्रसहितका कागजात बुझाउनुपर्ने प्राधिकरणले जनाएको छ ।
सिलबन्दी बोलपत्र तोकिएको मापदण्डअनुसार खोलिने र उच्चतम प्रस्ताव गर्ने बोलकता छनोट गरिने आयोजनाले जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा