प्राधिकरणले काबेली कोरिडोर १३२ के.भी. प्रसारण लाइनका बिग्रिएका सामग्री लिलामी प्रक्रिया अघि बढायो
जलसरोकार
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले काबेली कोरिडोर १३२ के.भी. प्रसारण लाइन आयोजनामा रहेका टुटफुट भई प्रयोगयोग्य नभएको सामग्री लिलामीमार्फत बिक्री गर्न प्रक्रिया अघि बढाएको छ ।
प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै इलाम र दमक सबस्टेशनमा रहेको बेकम्मा, टुटफुट भई काम नलाग्ने तथा मर्मत असम्भव भएका फर्निचर, कार्यालय सामग्री, पुराना ड्रम, निष्क्रिय ब्याट्री, गाडीका स्पेयर पार्टस लगायत विविध सामग्रीलाई लिलामी बिक्रीमा राखिएको जनाएको छ ।
सूचना अनुसार सबै सामग्री जस्ताको तस्तै अवस्थामा सिलबन्दी बोलपत्रमार्फत बढाबढ गरी बिक्री गरिनेछ।
लिलामीमा सहभागी हुन इच्छुक व्यक्तिले पान दर्ता प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। त्यस्तै, दर्ता भएका फर्महरूले फर्म दर्ता प्रमाणपत्र, भ्याट दर्ता प्रमाणपत्र तथा नविकरण गरिएको आयकर प्रमाणपत्रसहितका कागजात बुझाउनुपर्ने प्राधिकरणले जनाएको छ ।
सिलबन्दी बोलपत्र तोकिएको मापदण्डअनुसार खोलिने र उच्चतम प्रस्ताव गर्ने बोलकता छनोट गरिने आयोजनाले जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत्मा ५ प्रतिशत कर त लाग्छ, तर उपभोक्तालाई असर नपर्ने गरी समायोजन गर्न खाेज्दैछाैं : अर्थमन्त्री वाग्ले
-
५० युनिटमाथिको विद्युत् उपभोगमा भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङको आपत्ति
-
भोजपुरको लुङ्गिनमा पुगे राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
वीरगञ्ज नाकाबाट विद्युतीय सवारी आयात १४४ प्रतिशतले बढ्यो, १० महिनामै चार अर्बभन्दा बढीको कारोबार
-
प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
सानिगाड हाइड्रोको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला