तिलिचो तालमा सोलारबाट बिजुली
जलसरोकार
काठमाडौं : हिमालपारिको जिल्ला मनाङस्थित समुद्री सतहबाट ४,९४९ मिटर उचाइमा अवस्थित प्रसिद्ध पर्यटकीय गन्तव्य तिलिचो तालमा सौर्य ऊर्जाबाट विद्युत् आपूर्ति सुरु गरिएको छ।
नेपाल विद्युत् प्राधिकरणले ३९० वाट क्षमताको सौर्य प्यानल जडान गरी ताल क्षेत्रमा विद्युत् सेवा विस्तार गरेको हो। प्राधिकरणको मनाङ वितरण केन्द्रका प्रमुख राजु महतोका अनुसार केही दिनयता सौर्य ऊर्जामार्फत बत्ती बाल्न थालिएको छ। उनले बत्ती पुगेपछि ताल भ्रमणमा जाने स्वदेशी तथा विदेशी पर्यटकहरूलाई मोबाइल चार्ज गर्न सहज भएको जानकारी दिए।
यसअघि नै समुद्री सतहबाट ४,२५० मिटर उचाइमा रहेको तिलिचो तालको आधार शिविर (बेस क्याम्प)सम्म राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् आपूर्ति गरिएको थियो। बेस क्याम्पमा ५० केभीए क्षमताको ट्रान्सफर्मर जडान गरी सेवा प्रदान गरिएको हो। उक्त शिविरबाट तालसम्म पुग्न करिब तीन घण्टा पैदल यात्रा गर्नुपर्छ।
ताल वरिपरि स्थायी बस्ती नभएको र भौगोलिक अवस्थाका कारण तत्कालका लागि सौर्य ऊर्जामार्फत विद्युत् आपूर्तिको व्यवस्था गरिएको प्रमुख महतोले जानकारी दिए।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै