नेविप्रा ऊर्जाशील कर्मचारी संघ, कोशी प्रदेशअन्तर्गत इनरुवा वितरण केन्द्र इकाई अधिवेशन सम्पन्न
जलसरोकार
इनरुवा : नेपाल विद्युत प्राधिकरण ऊर्जाशील कर्मचारी संघ, कोशी प्रदेशअन्तर्गत इनरुवा वितरण केन्द्र इकाईको प्रथम इकाई अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ ।
इनरुवा वितरण केन्द्रको सभाहलमा सम्पन्न अधिवेशनबाट बिनोद कुमार चौधरी सर्वसम्मत रूपमा इकाई अध्यक्षमा निर्वाचित भएका छन् । नवनिर्वाचित कार्यसमितिलाई संघका केन्द्रीय पदाधिकारीहरूले सामूहिक रूपमा स्वागत, बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
कार्यक्रम कोशी प्रदेश अध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । अधिवेशनमा संघका केन्द्रीय वरिष्ठ नेता श्री पुष्पराज भट्टराई, विशिष्ट अतिथि नेविप्रा इनरुवा निमित्त वितरण केन्द्र प्रमुख श्री रितेस झालगायत संघका नेता–कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले संगठन पदभन्दा दृष्टिले ठूलो हुने, कुर्सीभन्दा मुद्दा, सुविधा भन्दा न्याय र मौनताभन्दा संघर्ष रोज्ने नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरे । उनीहरूले कर्मचारीको पसिना, आवाज र सम्मानलाई नीति निर्माणमा रूपान्तरण गर्ने साहसिक नेतृत्व यही समितिबाट देखिने विश्वाससमेत व्यक्त गरे ।
अधिवेशनबाट निर्वाचित इकाई कार्यसमितिलाई ऊर्जाशील कर्मचारी संघका केन्द्रीय संयोजक ईन्द्रप्रसाद न्यौपाने तथा सह-संयोजक एवं संगठन विभाग प्रमुख महेश्वर दत्त पनेरूले संयुक्त रूपमा बधाई दिँदै कार्यकाल सफल रहने कामना गरेका थिए ।
कार्यक्रमको समापन गर्दै संघले नवनिर्वाचित इनरुवा वितरण केन्द्र इकाई समितिलाई पुनः हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् विकास : समृद्धिसँगै सामाजिक र वातावरणीय जिम्मेवारी
-
अनुमति दिने कार्यालयमा सीमित नरहोस्, आयोजना कार्यान्वयनको सहजकर्ता बनोस् : विद्युत् विकास विभागलाई सचिव दवाडीको निर्देशन
-
शिक्षा, स्वास्थ्य र विद्युत्मा ५ प्रतिशत थप शुल्क भाेलिबाट
-
आर्थिक वर्षको अन्तिम कारोबार दिन नेप्से ७.५० अंकले बढ्यो
-
दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान सुरु
-
१० हजार मेगावाट विद्युत् निर्यातको लक्ष्यतर्फ अर्को खुड्किलो : ऊर्जामन्त्री श्रेष्ठ