मेरो भ्रमणको एक सुका खर्च पनि प्राधिकरणबाट भराएको छैन : ऊर्जा विज्ञ अधिकारी
जलसरोकार
काठमाडौं : ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीले गत फेब्रुअरी महिनामा 'इन्डिया एनर्जी वीक, २०२५' मा भाग लिन भारतको नयाँ दिल्ली जाँदा भएको सम्पूर्ण खर्च आयोजकले बेहोरेकाले नेपाल विद्युत् प्राधिकरण वा मन्त्रालय कहीं कतैबाट पैसा माग्ने वा भराउने कुरै नभएको स्पष्ट पारेका छन् ।
उनले हिजो साँझ सामाजिक सञ्जालमार्फत उक्त भ्रमणका क्रममा आयोजकले नै प्लेन टिकट लगायतको सम्पूर्ण खर्च ब्यहोरेको स्पष्ट पारेका हुन् ।
प्राधिकरणबाट भराउन दबाब दिएको र प्राधिकरणमा भ्रमण खर्च उपलब्ध गराउन पत्र पठाएको भन्दै आफ्नो तस्वीर नै राखेर आएका समाचार झुठ, कपोल्कल्पित भएको उनले बताएका छन् । 'उक्त समाचार किन र के प्रायोजित उद्देश्यले प्रकाशित गरिएको हो, त्यस्ले अनावश्यक भ्रम फैलाउने काम गरेको छ,' उनले भनेका छन् ।
आफूले मन्त्रालयमा आएदेखि जम्मा तीनपटक विदेश भ्रमण गएको ( International Solar Alliance को कार्यक्रममा भारत, UN सम्बन्धी UFO को कार्यक्रममा बैंकक र अहिले भारत गएको प्रसङ्ग) मा तीन वटै भ्रमणको एक सुका खर्च पनि नेपाल सरकार वा प्राधिकरण जस्ता कुनै पनि निकायले नबेहोरेको, ब्यहोर्नु नपर्ने, आफूले दैनिक भ्रमण भत्ता बेहोर्न कुनै अनुरोध नगरेको र आफूले त्यस्ता भत्ता दाबी गर्नुपर्ने अवस्था नै नरहेको पनि स्पष्ट पारेका छन् ।
अधिकारीले नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशकसँग आफूलाई जोडेर लेखिएका विषयमा पनि कुनै सत्यता नरहेकाले थप लेखिरहनु नपर्ने उल्लेख गरेका छन् ।
'समाचार लेख्दा, सोसल मिडिया प्रयोग गर्दा प्रदूषण फैलाउने काम रोक्नुचाहिं सबैको हितमा हुनेछ,' उनले लेखेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से १९.७० अंकले बढ्यो, कारोबार रकम भने घट्यो
-
नोटबन्दीको चर्चा बीच अर्थमन्त्री वाग्लेकाे स्पष्टिकरण : भ्रष्टाचार नियन्त्रणकाे विकल्प नोटबन्दी होइन
-
आगामी बजेटलाई परिणाममुखी बनाउन योजना आयोगको ‘चेकलिस्ट’, मन्त्रालयसँग प्रारम्भिक छलफल सुरु
-
सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
-
चट्याङपछि अवरुद्ध विद्युत् सेवा पुनः सुचारु
-
एपोलो हाइड्रोपावरको आईपीओ चैत २६ गतेदेखि सर्वसाधारणका लागि खुल्ने