प्राधिकरणले बक्यौता नतिर्ने ९ हजार ग्राहकको लाइन काट्यो
जलसरोकार
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले यही भदौ ११ गतेदेखि बक्यौता नतिर्ने औद्योगिक, व्यापारिक तथा गार्हस्थ्य लगायत सबै प्रकारका ग्राहकहरुको लाइन काट्ने अभियान तीव्र पारेको छ ।
प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालका अनुसार गत भदौ ११ गतेदेखि आजको मितिसम्म ९ हजार ग्राहकको लाइन काटिएको छ ।
लाइन काटिएका गाहकहरुको कुल बक्यौता रकम १० करोड रुपैयाँ बराबर रहेको सिलवालले जानकारी दिए ।
विद्युत् महसुल संकलन विनियमावली, २०७९ अनुसार बिजुली बत्ती उपभोग गरेबापतको बक्यौता रकम ६० दिनभित्र नतिरे लाइन काट्न सकिन्छ । सोही प्रावधानबमोजिम लाइन काटिएको हो । ‘लाइन नकाटी बक्यौता उठ्दैन, यो अहिलेदेखि होइन, पहिलेदेखिकै प्रवृत्ति हो,’ सिलवालले बिहीबार जलसरोकारलाई भने, ‘देशैभर लाइन काट्ने अभियान तीव्र छ ।’
प्राधिकरणले लोडसेडिङका बेला विशेष गुणस्तरयुक्त बिजुली उपभोग गरेका ६१ वटा डेडिकेटेड तथा ट्रंक लाइनवालाको लाइन काट्दा प्रधानमन्त्री केपी ओलीले नै रोक लगाउन खोजेका थिए । महालेखा परीक्षकको प्रतिवेदनअनुसार यी ६१ उद्योगले २१ अर्ब ८८ करोड रुपैयाँ बुझाउन बाँकी छ ।
प्राधिकरणले गत असार अन्तिम साता लाइन काटिएका ६ उद्योगहरुलाई तीन महिनाभित्र बक्यौता भुक्तानी गर्ने गरी पुनः लाइन जोडेको थियो । तीन महिना पुग्ने ४५ दिनअघि बक्यौता उठाउन ताकेता गरिने सिलवालले बताए । ‘४५ दिनअघि हामी पुनः पत्राचार गर्नेछौं,’ उनले भने, ‘त्यसपछि उही प्रक्रियाअनुसार जाने हो ।’
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्