विद्युत् प्राधिकरण बोर्ड बैठक सिंहदरबारमा ५ः१५ बजे
जलसरोकार
काठमाडौं : ऊर्जा मन्त्री दीपक खड्काले ३५ मिनेटको समय दिएर नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति बैठक सोमबार अपरान्ह सवा ५ः१५ बजे बोलाएका छन् ।
प्राधिकरणको कार्यकारी निर्देशकको सचिवालयबाट सामाजिक सञ्जालमार्फत सञ्चालकहरुलाई बैठकको निम्तो दिइएको एक सञ्चालकले बताए ।

हिजो अकस्मात बैठक बसी मन्त्रिपरिषद्ले २४ घण्टाभित्र काटिएका उद्योगहरुको लाइन जोड्ने, १५ दिनभित्र बक्यौता उठाउने र लाल आयोग प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
सोही निर्णय कार्यान्वयन गर्न प्राधिकरण सञ्चालक समितिको बैठक राखिएको सञ्चालकहरुको बुझाई छ । बैठक बोलाउँदा बैठकका एजेन्डाबारे भने खुलाइएको छैन ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नागरिक एपसँग जोडिँदै एनएमबी बैंक, अनलाइन बैंकिङ सेवा थप सहज हुने
-
प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई आउन आग्रह, सहकार्य गर्न प्राधिकरण तयार : कार्यकारी निर्देशक श्रेष्ठ
-
नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, परिसूचक ७९ अंकभन्दा बढीले उकालो
-
ऊर्जा सुरक्षाका लागि निजी क्षेत्रसँगको सहकार्य अझ सुदृढ बनाइन्छ : महानिर्देशक श्रेष्ठ
-
४९७.६ मेगावाटका २० जलविद्युत् र १३ मेगावाटका दुई सौर्य आयोजना सम्मानित (सूचीसहित)
-
राष्ट्रिय विद्युत् प्रणालीमा योगदान पुर्याएको भन्दै मादमेखोला जलविद्युत् आयोजना सम्मानित