विद्युत् प्राधिकरण बोर्ड बैठक सिंहदरबारमा ५ः१५ बजे
जलसरोकार
काठमाडौं : ऊर्जा मन्त्री दीपक खड्काले ३५ मिनेटको समय दिएर नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति बैठक सोमबार अपरान्ह सवा ५ः१५ बजे बोलाएका छन् ।
प्राधिकरणको कार्यकारी निर्देशकको सचिवालयबाट सामाजिक सञ्जालमार्फत सञ्चालकहरुलाई बैठकको निम्तो दिइएको एक सञ्चालकले बताए ।

हिजो अकस्मात बैठक बसी मन्त्रिपरिषद्ले २४ घण्टाभित्र काटिएका उद्योगहरुको लाइन जोड्ने, १५ दिनभित्र बक्यौता उठाउने र लाल आयोग प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
सोही निर्णय कार्यान्वयन गर्न प्राधिकरण सञ्चालक समितिको बैठक राखिएको सञ्चालकहरुको बुझाई छ । बैठक बोलाउँदा बैठकका एजेन्डाबारे भने खुलाइएको छैन ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चिसो अत्यधिक बढेसँगै विद्युत् उत्पादनमा भारी कटौती
-
काबेली-३ जलविद्युत आयोजना अन्तिम चरणमा, चैतको सुरुवातमै विद्युत उत्पादनको लक्ष्य
-
सेयर बजार २६ सयभन्दा तल झर्यो, कारोबार रकम भने केही बढ्यो
-
काम अलपत्र पारे ठेक्का रद्द गरिने : मन्त्री घिसिङ
-
मुग्लिन–पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन
-
हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, आज कतिमा हुँदैछ खरिद–बिक्री ?