प्राधिकरणमा हितेन्द्रदेव आउनासाथ विद्युत् चुहावटमा वृद्धि, १२ अर्ब ९२ करोड बराबरको नाश


काठमाडौं : नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएयता गत असार मसान्तसम्म विद्युत्को वितरणतर्फ एक अर्ब ३६ करोड युनिट बिजुली चुहावट भएको छ ।
एक युनिट बिजुली चुहावट हुँदा प्राधिकरणलाई ९ रुपैयाँ ५० पैसा घाटा पर्छ । यस हिसाबमा गत आव एक अर्ब ३६ करोड घाटा हुँदा यो तीन महिनाको अवधिमा १२ अर्ब ९२ करोड रुपैयाँ बराबरको बिजुली चुहावट भएको हो ।
प्राधिकरणको गत वर्षको औसत विद्युत् विक्री दर प्रतियुनिट ९ रुपैयाँ ५० पैसा थियो ।
गत आव २०८१–८२ (२०८१ साउनदेखि २०८२ असार मसान्तसम्म) मा प्राधिकरणको प्रणालीमा १२ अर्ब ६४ करोड युनिट बिजुली उपलब्ध थियो । त्यसमध्ये प्राधिकरणले गत आवमा ११ अर्ब २८ करोड युनिट बेचेको थियो । बाँकी १ अर्ब ३६ करोड युनिट चुहावट भएको हो ।
प्राधिकरणले आफ्नो स्थापनाको ४० औं वार्षिकोत्सवका दिन (आगामी भदौ १ गते) प्रकाशन गर्न लागेको विवरण अनुसार शाक्य आएको तीन महिनाको अवधि (गत असार मसान्तसम्म) विद्युत् चुहावट १ दशमलब १७ प्रतिशतले वृद्धि भएको प्राधिकरण अर्थ विभाग स्रोतले जानकारी दिएको छ ।
शाक्यलाई ऊर्जा मन्त्री दीपक खड्काले गत चैत १२ गते नियुक्त गरेका थिए । शाक्य २०७७ सालमा पहिलोपटक कार्यकारी निर्देशक हुँदा पनि विद्युत् चुहावट २ प्रतिशतभन्दा बढीले बढेको थियो । कुनै बेला २६ प्रतिशतभन्दा बढी चुहावट रहेको प्राधिकरणमा कुलमान घिसिङले ९.५९ प्रतिशतसम्म झारेका थिए ।
प्राधिकरणका ७ वटा प्रादेशिक र दुई डिभिजन कार्यालयमध्ये सबैभन्दा बढी चुहावट कर्णाली प्रदेशमा भएको छ । कर्णालीमा गत आवमा २१.७४ प्रतिशत विद्युत् चुहावट भयो ।
सबैभन्दा बढी चुहावट भएको कर्णाली प्रदेशमा प्राधिकरणले गत वर्ष १२ करोड ९ लाख ८४ हजार युनिट बिजुली प्राप्त गरेको थियो । कर्णालीमा गत वर्ष ९ करोड ४६ लाख ८४ हजार युनिट जिबुली खपत भई २ करोड ६३ लाख युनिट बिजुली नास (चुहावट) भएको थियो ।
प्रदेशहरुमध्ये सबैभन्दा बढी बिजुली मधेस प्रदेशले प्राप्त गरेको थियो । गत वर्ष मधेस प्रदेशमा २ अर्ब ८२ करोड ८२ लाख युनिट बिजुली प्राप्त गरेकोमा २ अर्ब ३९ करोड ९८ लाख युनिट खपत भएको थियो । मधेश प्रदेशमा गत वर्ष ४२ करोड ८४ लाख युनिट चुहावट भएको छ ।
मधेसपछि सबैभन्दा बढी बिजुली खपत भएको बागमती प्रदेश हो । गत वर्ष बागमती प्रदेशमा २ अबृ ७२ करोड ५० लाख युनिट बिजुली प्राप्त भएकोमा २ अर्ब ५४ करोड ७५ लाख युनिट खपत भई ७ करोड ९९ लाख युनिट नाश भएको छ ।
चुहावट बढेको तथ्यांक आएपछि त्यस्ताे तथ्याांक तलमाथि गर्ने चलखेल भइरहेको स्रोतले जानकारी दियाे ।
गत वर्षको विद्युत् चुहावट यस्तो थियो :

लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन
-
एकीकृत बस्ती कार्यक्रम सामाजिक र आर्थिक समन्वय अभावले असफल : मन्त्री घिसिङ
-
जेन जी समूहको कम्पनीलाई भोटेकोशीको १० प्रतिशत शेयर दिने सम्झौता विवादमा
-
सेयर बजारमा सुधार, नेप्से ४४ अंकले उकालो
-
मन्त्री घिसिङलाई दक्षिण कोरियाकाे बधाई