भोलिदेखि ‘प्रथम राष्ट्रिय पानी सम्मेलन’
जलसरोकार
काठमाडौं: नेपाल सरकारले चैत ९ गते प्रथम राष्ट्रिय पानी सम्मेलन–२०२५ आयोजना गर्ने भएको छ ।
शुक्रबार काठमाडौंमा जल तथा ऊर्जा आयोगले पत्रकार सम्मेलन गरी उक्त कुराको जानकारी दिएको हो । सम्मेलन चैत्र ९ र १० गते दुई दिनसम्म सञ्चलन हुनेछ ।
पत्रकार सम्मेलनमा बोल्दै जल तथा ऊर्जा आयोगको सचिवालयका प्रवक्ता कलानिधि पौड्यालले नेपालले जलस्रोतको दीगो व्यवस्थापन र विकासलाई सुनिश्चित गर्नुपर्ने बताए ।
जलवायु परिवर्तनका असरलाई न्युनिकरण गर्दै जलस्रोतको उपभोगका लागि स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्नुपर्नेमा उनले जोड दिए ।
सबैको सहकार्यविना जलस्रोत तथा मौसमसम्बन्धी चुनौतीहरुको सामना गर्न नसकिने उनले बताए ।
पानीको बहुउपयोगबाट देशको आर्थिक तथा सामाजिक रुपान्तरणमा टेवा पुग्ने भएकाले पानीको महत्वका बारेमा सम्बन्धित विज्ञहरुसँग छलफल गर्न सम्मेलन गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
कार्यक्रममा जलस्रोतको अन्तरदेशीय सहकार्य तथा जलस्रोत उपयोगमा रहेका चुनौतीका बारेमा छलफल हुने बताइएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड
-
निःशुल्क सेयर र अवैध रकम मागले ऊर्जा क्षेत्रमा निजी लगानीलाई जोखिम
-
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ
-
सुनको भाउ घट्यो, चाँदी पनि सस्तियो : शुक्रबार कतिमा हुँदैछ खरिद–बिक्री ?
-
बर्दिबासमा २० मेगावाटको सौर्य ऊर्जा जडान गरिँदै
-
विद्युत व्यापार र प्रसारण लाइनमा सहकार्य गर्न निजी क्षेत्रकाे प्रस्ताव