पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार
जलसरोकार
म्याग्दी : मालिका गाउँपालिका–५ देवीस्थानका पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ ।
नेपाल विद्युत् प्राधिकरणको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तारका लागि एक सय केभिए क्षमताको ट्रान्सफर्मर जडान गरिएको हो ।
यसअघि एक सय ३२ घरधुरी रहेको पन्थोकमा गौडाखोला लघुजलविद्युत् परियोजनाबाट विद्युत् उत्पादन गरी आपूर्ति हुँदै आएको थियो । त्यस्तै, ७२ घरधुरी रहेको जुग्जामा पेल्ट्रिक सेटबाट विद्युत् उत्पादन गरी उपभोक्तालाई विद्युत् सेवा दिइँदै आएको थियो ।
राष्ट्रिय प्रसारण लाइन विस्तारसँगै दुवै बस्तीका स्थानीयवासीले अब भरपर्दो र नियमित विद्युत् सेवा पाउने भएका छन् । राष्ट्रिय प्रसारण लाइनको पहुँच विस्तारले स्थानीयवासीको दैनिक जीवनसँगै शिक्षा, सञ्चार तथा साना उद्यम सञ्चालनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य