सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम पूर्वाधार इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

रास्वपाको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागमा नयाँ सदस्यहरूको स्वागत, जेठ २१ गते बैठक आह्वान

जलसरोकार
बुधबार, जेठ २०, २०८३ | १४:५९:०९ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागमा मनोनयन गरिएका सदस्यहरूलाई विभाग प्रमुख ई. श्रीराम न्यौपानेले हार्दिक स्वागत तथा बधाई ज्ञापन गरेका छन्।

गत जेठ १० गते विभागका सदस्य पदमा मनोनयन भएका सम्पूर्ण सदस्यहरूलाई शुभकामना व्यक्त गर्दै प्रमुख न्यौपानेले उनीहरूको योग्यता, क्षमता, दक्षता, अनुभव तथा विज्ञताले पार्टी, देश, जनता तथा समग्र ऊर्जा तथा जलस्रोत क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

उनले ऊर्जा तथा जलस्रोत सम्बन्धी नीति निर्माण, सुधार तथा विधेयक निर्माणमा विभागीय सदस्यहरूको सक्रिय भूमिका रहने अपेक्षा समेत व्यक्त गरेका छन्।

यसैबीच विभागीय गतिविधि, भावी कार्ययोजना तथा समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागको बैठक आह्वान गरिएको छ।

भोलि गते दिउँसो ४ बजे राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय वनस्थली चोकमा बस्ने जनाइएको छ।

विभागका सल्लाहकारहरू तथा सम्पूर्ण सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गर्दै प्रमुख न्यौपानेले विभागलाई थप प्रभावकारी, सशक्त तथा परिणाममुखी बनाउन सबैको सक्रिय सहभागिता र रचनात्मक सुझाव आवश्यक रहेको बताएका छन्।

नवमनोनित सदस्यहरूमा ई. गुणराज ढकाल (तनहुँ), ई. मानबहादुर शाही (अछाम), ई. सनत आचार्य (दाङ), ई. बन्धु ढकाल (चितवन), ई. पूजा दाहाल (काठमाडौँ), अभिज्ञा मल्ल (काठमाडौँ), राजेन्द्र वस्ती (लमजुङ) हुनुहुन्छ।

सल्लाहकार समितिमा पूर्व ऊर्जा तथा जलस्रोत सचिव त्रय इन्जिनियर देवेन्द्र कार्की, इन्जिनियर मधु भेटवाल र इन्जिनियर सुशील चन्द्र तिवारी रहनुभएको छ भने सदस्यहरूमा इन्जिनियर अम्बिकेश शाह, इन्जिनियर चोकप्रसाद धिताल, इन्जिनियर रामहरी पौडेल र सुमनकुमारी जोशी कार्यरत हुनुहुन्छ।

प्रकाशित मिति : बुधबार, जेठ २०, २०८३ | १४:५९:०९ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया