नेपालमा जलविद्युत् उत्पादन र निर्यातको अपार सम्भावना छ : मन्त्री भण्डारी
जलसरोकार
काठमाडौं: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा जलविद्युत् उत्पादन र निर्यातको अपार सम्भावना रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनी उद्घाटन गर्दै उनले नेपाल छिमेकी मुलुकमा विद्युत् बेच्न सक्ने अवस्थामा पुगेको उल्लेख गरे ।
“नेपालमा जलविद्युत् उत्पादन भइरहेको छ, यसको खपत बढ्दै गएको छ, छिमेकी देशमा निर्यात गर्न सक्ने सम्भावना पनि छ,” मन्त्री भण्डारीले भने ।
उनका अनुसार विद्युतीय सामग्रीको प्रयोग दिनानुदिन बढिरहेको छ भने स्वदेशी कम्पनीहरूले गुणस्तरीय उत्पादनमार्फत बजारमा प्रतिस्पर्धा गर्न थालेका छन् । सरकारले लगानी सहज बनाउन, नीतिगत सहुलियत दिन र विदेशी कम्पनीलाई आकर्षित गर्न निरन्तर पहल गरिरहेको उनले बताए ।
शुक्रबारदेखि सुरु भएको उक्त प्रदर्शनी आइतबारसम्म सञ्चालन हुने आयोजकहरूले जनाएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
अब काठमाडौंका सडकका खाल्डाखुल्डी तत्काल मर्मत गर्न 'सडक एम्बुलेन्स' सञ्चालनमा
-
एनएमबि बैंकलाई भिसा इन्टरनेशनलबाट ‘डिजिटल पेमेंट ग्रोथ अवार्ड’
-
ऊर्जाशील कर्मचारी संघ लुम्बिनी प्रदेशमा मिनबहादुर जिसी अध्यक्ष निर्वाचित
-
बंगलादेशले नेपालबाट थप २० मेगावाट बिजुली लिने
-
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
-
मन्त्री कुलमान घिसिङद्धारा निर्माणाधीन संसद भवनको आकस्मिक निरीक्षण, निर्माणमा लापरवाही गर्नेलाई कारबाही गर्ने चेतावनी