नबिल बैंकको तीन महिनामा नाफा १४.५७ प्रतिशतले घट्यो
जलसरोकार
काठमाडौं,: नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार बैंकले पहिलो तीन महिनामा १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.५७ प्रतिशत कम हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले २ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको नाफा घट्नुमा खुद ब्याज आम्दानीमा आएको कमी र लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) बढ्नु मुख्य कारण रहेको देखिन्छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ९० करोड रुपैयाँ मात्र रहेको छ, जुन अघिल्लो वर्षको ४ अर्ब १४ करोड रुपैयाँभन्दा ५.७ प्रतिशतले कम हो ।
त्यस्तै, ऋण क्षतिपूर्ति व्यवस्थापनका लागि छुट्याइएको रकम (लोन लस प्रोभिजन) अघिल्लो वर्षको ४५ करोड ७७ लाख रुपैयाँबाट बढेर ६४ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।
बैंकको वार्षिक प्रतिसेयर आम्दानी (भ्एक्) पनि घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा प्रतिसेयर आम्दानी २९ रुपैयाँ ८३ पैसा रहेकोमा हाल घटेर २५ रुपैयाँ ४९ पैसा पुगेको छ ।
यसैगरी, बैंकको असोज मसान्तसम्मको वितरणयोग्य नाफा ५ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ, जसअनुसार प्रतिसेयर वितरणयोग्य नाफा ३०.१५ रुपैयाँ रहेको छ । बैंकले गत आर्थिक वर्षसम्मको नाफाबाट अझै लाभांश वितरण गरेको छैन, जसका कारण वितरणयोग्य नाफा उच्च देखिएको हो ।
निष्क्रिय कर्जा (ल्एी) दर भने ४.२४ प्रतिशतबाट बढेर ४.३१ प्रतिशत पुगेको छ ।
बैंकले नाफा घटेपनि सशक्त पूँजी आधार र स्थिर ब्याज आयका कारण आगामी त्रैमासमा सुधारको सम्भावना रहेको बताएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो