तीन दिनमै मुस्ताङ भन्सारबाट नौ करोड बढी राजस्व सङ्कलन
जलसरोकार
मुस्ताङ ः मुस्ताङ भन्सार कार्यालय न्हेचुङले तीन दिनको अवधिमा नौ करोड ७० लाख ६४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । नेपाल–चीन उत्तरी कोरला नाकाबाट आयात भएका मालवस्तुबाट सो राजस्व उठेको हो ।
कोरला नाका ११ दिनअघि पूर्ण रूपमा सञ्चालनमा आएको भए पनि आन्तरिक तयारीका कारण भन्सार कार्य सोमबारदेखि मात्र सुरु गरिएको थियो । मुस्ताङ भन्सार प्रमुख रमेश खड्काका अनुसार हालसम्म चीनतर्फको भन्सार जाँचपासपछि कोरला नाकाबाट १६१ विद्युतीय कारसहित ८५ मझौला मालवाहक कन्टेनर नेपाल भित्रिएका छन् । तीमध्ये ४५ कन्टेनरको भन्सार जाँचपास भइसकेको र बाँकी ४० कन्टेनर प्रक्रिया भइसकेको जानकारी दिए ।
जाँचपास भइसकेका ४५ कन्टेनरबाट नै नौ करोड बढी राजस्व सङ्कलन भएको हो । चीनतर्फ निकासीका लागि दुई गाडीको भन्सार जाँचपास भइसकेको छ, जसमा हस्तकलाका सामग्री रहेका छन् ।
हाल चीनबाट आयात भएका १६० विद्युतीय गाडी भने मुस्ताङ भन्सारमै रोकिएका छन्। प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार सीमित कर्मचारीका कारण जाँचपासमा ढिलाइ भएको हो । बैंक तथा वित्तीय संस्थाले चीनबाट आयात हुने मालवस्तुको मुस्ताङ भन्सारमै प्रतितपत्र (एलसी) खोल्नुपर्ने व्यवस्था भएकाले समेत प्रक्रिया ढिलो भएको बताइएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य